Logo

लगानीकर्तालाई हिमालयन क्यापिटलको नयाँ सेवा

हिमालयन क्यापिटलले सर्वसाधारण लगानीकर्ताहरुका लागि लगानी सम्बन्धी दुई नयाँ योजना सार्वजनिक गरेको छ ।
कम्पनीले ग्राहकले नेप्सेमा नयाँ लगानी गर्दा प्राप्त हुनसक्ने प्रतिफलमा आधारित हिमालयन ‘अल्फा’ र ग्राहकहरुको यथास्थितिमा रहेको पोर्टफोलियोमा प्राप्त हुनसक्ने प्रतिफलमा आधारित हिमालयन ‘सिग्मा’ नामका लगानी व्यवस्थापन योजनाहरु विकास गरेको जनाएको छ ।
हिमालयन ‘अल्फा’ योजनामा हिमालयन क्यापिटलले ग्राहकको लगानीमा वार्षिक रुपमा सिर्जना गरेको प्रतिफललाई सोही अवधिमा नेप्सेले प्रदान गरेको प्रतिफलसँग तुलना गरिनेछ ।
यस्तै हिमालयन ‘सिग्मा’ योजनामा हिमालयन क्यापिटलले ग्राहकको लगानीमा वार्षिक रुपमा सिर्जना गरेको प्रतिफललाई लगानीकर्ताले सुरुमा हस्तान्तरण गरेको धितोपत्रको पोर्टफोलियोले प्रदान गरेको प्रतिफलसँग तुलना गरिनेछ ।
सिर्जित प्रतिफलको वार्षिक मूल्यांकन गर्दा हिमालयन क्यापिटलले ग्राहकको लगानीमा सिर्जना गरेको प्रतिफल बढी हुने अवस्थामा अधिक सिर्जित प्रतिफलमा मात्र अतिरिक्त सेवा शुल्क लाग्नेछ । हिमालयन क्यापिटलले ग्राहकको लगानीमा नेप्सेले वा ग्राहकले हस्तान्तरण गरेको पोर्टफोलियोले प्रदान गरेको प्रतिफल भन्दा बढी प्रतिफल सिर्जना गर्न नसकेमा ग्राहकले अतिरिक्त सेवा शुल्क बुझाउनु पर्ने छैन ।

प्रतिक्रिया दिनुहोस्