हिमालयन बैंकको नयाँ शाखा कञ्चनपुरमा «

हिमालयन बैंकको नयाँ शाखा कञ्चनपुरमा

हिमालयन बैंक लिमिटेडले सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लास्थित भिमदत्त नगरपालिका–६, चम्मनचोकमा नयाँ शाखा सञ्चालन गरेको छ । बैंकले पुस २६ गतेदेखि शाखा सञ्चालनमा ल्याएको हो ।
बैंकको यो शाखा कञ्चनपुर जिल्लाको पहिलो तथा सुदूरपश्चिम प्रदेशको आठौं शाखा हो । महेन्द्रनगर शाखाले सम्पूर्ण बैंकिङ सेवासहित लकर सेवा समेत सञ्चालनमा ल्याएको शाखा प्रबन्धक बैजनाथ प्रसाद कोइरीले बताए ।
हाल बैंकको कुल शाखा संख्या ७४, विस्तारित काउन्टर संख्या ५ पुगेको छ भने एटीएम संख्या १४८ र ५ हजारभन्दाबढी पीओएस टर्मिनल संख्या छ ।

प्रतिक्रिया दिनुहोस्