न्यू धौलागिरि सहकारीको मुनाफा करिब दुई करोड «

न्यू धौलागिरि सहकारीको मुनाफा करिब दुई करोड

सदरमुकाम बेनीसँगै स्थानीय तहमा सेवा केन्द्र संचालन गरेर सेवा प्रवाह गरीरहेको न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्थाको आर्थिक वर्ष २०७७/ ०७८ मा एक करोड ६७ लाख मुनाफा गरेको छ ।
सहकारीको २२औं वार्षिक साधारणसभा सेयर सदस्यहरुबीच सो रकम मुनाफा कोषाध्यक्ष चन्द्रकुमार केसीले जानकारी दिए ।
५ हजार १७८ सेयर सदस्य रहेको सहकारीमा सेयर पुँजी ७ करोड ६९ लाख ६७ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्ष २०७७/०७८ मा सहकारीले निक्षेप बचतमा ७६ करोड ८४ लाख ८६ हजार ५४२ रुपैयाँ, कर्जा लगानीमा ६३ करोड ९ लाख ९४ हजार ३३३ रुपैयाँ, कोष रकम २ करोड १९ लाख ६८ हजार ७९७ रुपैयाँ, मुनाफा १ करोड ६७ लाख ३० हजार १५८ रुपैयाँ, कुल आम्दानी १० करोड १ लाख २२ हजार १८५ रुपैयाँ र कुल खर्च ८ करोड ३३ लाख ९२ हजार २७ रुपैयाँ भएको सहकारी वरिष्ठ व्यवस्थापक बसन्त श्रेष्ठले बताए ।
सहकारी अध्यक्ष लिला बानियाँले सहकारीको सेवालाई जनतामैत्री बनाउन आगामी दिनमा बागलुङ, पर्वत, र कास्कीसँगै गण्डकी प्रदेशभरी सेवा केन्द्र विस्तार गर्ने योजना रहेको बताए । आगामी आर्थिक वर्षमा संस्थाको बचत एक अर्ब रुपैयाँ पु¥याउने योजनासँगै मोबाइल बैंकिङ र एटीएम सेवा विस्तार गर्ने योजना रहेको सहकाकारीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्