Logo

ग्लोबल आइएमई बैंकको डिजिटल बैंकिङ साक्षरता कार्यक्रम

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङको विषयमा १७५ वटा साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । सातै प्रदेशका गाँउदेखि शहरसम्म डिजिटल बैंकिङ साक्षारता कार्यक्रमहरु आयोजना गर्ने लक्षसहित सुरुभएको अभियानले हालसम्म ७ वटै प्रदेशमा १७५ भन्दा बढी डिजिटल बैंंकिङ साक्षरता कार्यक्रम आयोजना गरिसकेको छ ।
बैंकले प्रदेश १ मा २९ वटा, प्रदेश २ मा १७ वटा, वागमती प्रदेशमा २१ वटा, गण्डकी प्रदेशमा २४ वटा, लुम्बिनी प्रदेशमा ५४ वटा, कर्णाली प्रदेशमा ८ वटा र सुदुरपश्चिम प्रदेशमा २२ वटा कार्यक्रमहरु सञ्चालन गरिसकेको छ । उक्त अभियान आगामि हप्ता कर्णाली र काठमाडौं उपत्यकामा थप कार्यक्रमहरु सञ्चालन गरी समापन गरिनेछ ।
यस्ता साक्षारता कार्यक्रमहरु आयोजना गरी बैंकले बैंकिङ सेवा कम समयमै छिटो तथा छरितो र घरमै बसेर पनि सेवा लिन पाउने सहजताको लागि यस्ता कार्यक्रमहरु देशव्यापी अभियानको रुपमा चलाएको हो ।
स्थानीय तहसम्मै डिजिटल वित्तीय चेतना तथा पहुँच पु¥याउने उद्देश्यले अभियानका लागि बैंकले ७६ जिल्लामा रहेका २८७ शाखा कार्यालय, केन्द्रीय र प्रादेशिक कार्यालयलाई समेत परिचालन गरी ग्राहक तथा स्थानीयवासी लाभान्वित बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्