कोभ्याक्सबाट ७७ लाखभन्दा बढी कोभिड खोप प्राप्त

कोभ्याक्स सुविधामार्फत नेपालले ७७ लाख २५ हजारभन्दा बढी कोभिड खोप प्राप्त गरेको छ । आवश्यक पर्ने सबै नागरिकलाई खोप लगाउने नेपालको प्रयत्नमा कोभ्याक्सले सघाएको हो ।
कोभ्याक्स सुविधा अन्तर्गतको कोभिड–१९ भ्याक्सिनको पछिल्लो चरणको रुपमा ६० लाख ३९ हजार डोज कोभिशिल्ड र १६ लाख ८६ हजार डोज मोडेर्ना खोप २९ नोभेम्बरदेखि २० डिसेम्बरभित्र आपूर्ति भइसकेको छ । खोपका अतिरिक्त ३० लाख थान सिरिन्ज ८३ हजार हजार थान सिरिन्ज सेफ्टीबक्स र दश थान विशिष्टकृत वाक इन कुलरहरू नेपाललाई हस्तान्तरण गरिएको कोभ्याक्सले जनाएको छ ।
कोभ्याक्स भ्याक्सिनको पछिल्लो आपूर्तिले नेपाली जनताको जीवन सुरक्षा गर्ने नेपाल सरकारको प्रयासलाई थप बल पु¥याउँदै जाने परियोजनाको विश्वास छ ।
पछिल्लो आँकडा अनुसार नेपालमा २ करोड २० लाख खोप लगाइसकिएको छ । ९७ लाख मानिसहरूले पूर्ण खोप पाइसकेका छन् र १ करोड ३८ लाखरूले आंशिक रुपमा १ मात्रा खोप पाएका छन् । यो उपलब्धी साझेदार देशको सहकार्य र राज्यबाट सोझै खरिद प्रक्रिया मार्फत कोभ्याक्स सुविधा अन्तर्गत हासिल भएको हो ।
पछिल्लो कोभ्याक्स एएमसी डेलीभरी अन्तर्गत १६ लाख ८६ हजार डोज मोडेर्ना खोप आपूर्ति हुँदैछ जसले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने अभियानको निरन्तरतालाई बल पु¥याउने छ ।
सिइपिआई, गावी, युनिसेफ र विश्व स्वास्थ्य संगठनको सहकार्यको रुपमा रहेको कोभ्याक्स सुविधा साझेदार सरकारहरू, अन्तराष्ट्रिय संस्थाहरू, प्रतिष्ठानहरू र निजी क्षेत्रहरूको ठूलो परिमाणको सहायताबाट सम्भव भएको हो ।
यस कोभ्याक्स सुविधालाई नेपालमा रहेका कोभ्यास सुविधा साझेदार राष्ट्रहरू (अष्ट्रेलिया, चीन, युरोपियन युनियन, फिनल्याण्ड, फ्रान्स, जर्मनी, जापान, कोरिया, नर्वे, कतार, साउदी अरेविया, स्विटजरल्याण्ड, बेलायत र अमेरिका) विभिन्न दातृ सरकारी साझेदारहरू, प्रतिष्ठानहरू र निगमहरूले आर्थिक सहायता पु¥याएका छन् ।