विद्यार्थीलाई हिमालयन बैंकको सहयोग «

विद्यार्थीलाई हिमालयन बैंकको सहयोग

हिमालयन बैंकको कावासोती शाखाले स्थानीय श्री शिव नमुना माविमा अध्ययनरत निम्न आय भएका तथा जेहेन्दार विद्यार्थीहरुलाई सहयोग स्वरुप मासिक छात्रवृत्ति तथा स्टेशनरी प्रदान गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयको ४८औं वार्षिकोत्सवको अवसर पारेर सो सहयोग प्रदान गरको हो । बैंकले उक्त विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्ययनरत २४ जना विद्यार्थीहरुलाई ६ महिनाको छात्रवृत्ति तथा नर्सरीदेखि १२ सम्म अध्ययनरत २४ जना विद्यार्थीहरुलाई स्टेशनरी सामान प्रदान गरेको हो ।
विद्यालयको वार्षिकोत्सवको अवसरमा आयोजित एक समारोहका बीच कावासोती शाखाका शाखा प्रबन्धक आत्माराम गौतमले उक्त छात्रवृत्ति तथा स्टेशनरी सम्बन्धित विद्यार्थीलाई हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्