नेपाल साउथ एसियन इकोनोमिस्ट स्टुडेन्ट समिटमा विजयी «

नेपाल साउथ एसियन इकोनोमिस्ट स्टुडेन्ट समिटमा विजयी

साउथ एसियन इकोनोमिस्ट स्टुडेन्ट समिटमा भाग लिएकी नेपाली विद्यार्थी निकिता शाहीले नेतृत्व गरेको टिम पहिलो भएको छ । उक्त समिटमा दक्षिण एसियाका भारत, बंगलादेश, अफगानिस्तान, पाकिस्तान र श्रीलंकाका बिद्यार्थीले भाग लिएका थिए ।
पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा बीबीएस पाँचौं सेमेस्टरमा अध्ययनरत शाहीको टिमले ३ हजार अमेरिकी डलर पुरस्कारसमेत जितेको छ । करिब ८ महिना लामो टेक्सटाइल इन्ड्रटिजको अनुसन्धान गरेर समिटमा पेस गरेको रिर्सचले अवार्ड जितेको शाहीले जानकारी दिइन् ।
सन् २०१९ बाट सुरु भएको उक्त समिट यसपटक श्रीलंकामा आयोजना गर्ने भनिए पनि कोरोना संक्रमणका कारण भर्चुअल माध्यमबाट भएको थियो । उक्त प्रतियोगितामा ८ वटा टिम सहभागी भएको थियो । हरेक टिममा प्रत्येक देशका एक जना विद्यार्थीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्