हिमालयन बैंकको शाखा कैलालीको टीकापुरमा «

हिमालयन बैंकको शाखा कैलालीको टीकापुरमा

हिमालयन बैंकले सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलाली जिल्लाको टीकापुर नगरपालिका–१ जमरापारीमा नयाँ शाखा बिस्तार गरेको छ । बैंकले मंगलबारदेखि टीकापुर शाखा सञ्चालनमा ल्याएको हो ।
टीकापुरका प्रतिष्ठित उद्योगी, व्यवसायी, पत्रकार तथा प्रतिष्ठित व्यक्तिहरुको उपस्थितिमा बैंकले यस शाखाबाट कारोबार सुरु गरेको हो । बैंकको यो शाखा कैलाली जिल्लाको चौथो तथा सुदूरपश्चिम प्रदेशको सातौं शाखा हो । टीकापुर शाखाले सम्पूर्ण आधुनिक बैंकिङ सेवाहरु सहित लकर सेवा समेत सञ्चालनमा ल्याएको शाखा प्रबन्धक देव अग्रवालले बताए ।
यस शाखाका साथै हाल बैंकको कुल शाखा संख्या ७३, विस्तारित काउन्टर संख्या ५ पुगेको छ भने एटीएम संख्या १४६ र ५ हजारभन्दा बढी पीओएस टर्मिनल संख्या पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्