Logo

हुवावेलाई भारतमा स्वागत

नयाँ दिल्ली-भारत सरकारले आफ्नो कम्पनीलाई स्वागत गरेको हुवावेले जनाएको छ । यसका उत्पादनको सुरक्षाको विषयलाई लिएर विश्वका अन्यत्र मुलुकमा चासो व्यक्त गरिएकै समयमा भारतमा भने स्वागत गरिएको हो ।
“भारत सरकारसँगको सबै भेटघाटमा कसैले पनि मलाई समस्या छ भनेका छैनन्,” हुवावे भारतका सीईओ जय चेनले बताए । “सबैले भने, हामीले बुझेका छौ । कसैले पनि मलाई तपाईसँग समस्या छ भनेका छैनन् ।”
अमेरिकी सरकारले तीव्र गतीको फाइभ–जी मोबाइल नेटवर्कमा प्रयोग भएको हुवावेको उपकरण प्रयोग गर्नबाट आफ्ना मित्र राष्ट्रहरुलाई रोक्न अभियाननै चलाएपछि पछिल्ला महिनाहरुमा विश्वकै ठूलो दुर सञ्चार उपकरण निर्माता प्रतिरक्षामा उत्रनका लागि बाध्य भएको थियो ।
अमेरिकाले हुवावेको उपकरण चीनको जासुसीका लागि प्रयोग हुन सक्ने दावी गर्दै आएको छ ।
आफ्ना उपकरणहरुले कुनै सुरक्षा जोखिम निम्त्याउने र नेटवर्क बन्द गर्ने कदम गैर जिम्मेवार निर्णय भएको राजनीतिक कारणका लागि गरिएको कम्पनीले बताएको छ ।
भारत सरकारले विश्वकै ठूला मध्येको एक स्मार्टफोन बजारमा फाइभ–जी को परिक्षण सञ्चालन गर्नका लागि गत वर्षनै आमन्त्रण गरेको हुवावेले जनाएको छ । कम्पनीले भारती एयरटेल र रिलायन्स जिओमा केही फाइभ–जी परिक्षण पनि सञ्चालन गरिसकेको छ ।
यद्यपि भारत सरकारले कहिलेबाट आधिकारिक रुपमा फाइभ–जीको परिक्षण गर्न दिने भन्ने विषयमा अभैm निर्णय गरिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्