अस्पताल तथा वृद्धाश्रमलाई हिमालयन बैंकको सहयोग «

अस्पताल तथा वृद्धाश्रमलाई हिमालयन बैंकको सहयोग

हिमालयन बैंकले चितवनको भरतपुरमा रहेको सिद्धि स्मृति महिला तथा बाल अस्पताल एवं बृद्धाश्रम” लाई सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत भक्तपुर उपमहानगर पालिका भिमसेनस्थान–७ स्थित अस्पताल तथा वृद्धाश्रमलाई १२ हजार थान बहिरङ्ग दर्ता किताब प्रदान गरेको छ ।
वि.सं. २०५९ मा स्थापित उक्त अस्पताल भक्तपुर क्षेत्रकै एक प्रतिष्ठित अस्पताल हो । अस्पतालले विशेषतः बाल स्वास्थ्य, प्रसुति तथा स्त्रीरोग सम्बन्धि सेवा प्रदान गर्दै आएको छ । विभिन्न स्वदेशी तथा विदेशी दाताहरुको सहयोगमा संचालित यस प्रतिष्ठानले अस्पतालका साथै वृद्धाश्रम समेत सञ्चालन गरिरहेको छ ।
बैंकका तर्फबाट सहायक महाप्रबन्धक विपिन हाडाले उक्त सहयोग सामग्री प्रतिष्ठानका प्रशासन प्रमुख अनिल राजभण्डारीलाई हस्तान्तरण गरे ।

प्रतिक्रिया दिनुहोस्