ग्लोबल आईएमई बैंकका ग्राहकलाई दराज ११ः११ मा १५ प्रतिशत छुट

ग्लोबल आईएमई बैंकका ग्राहकले दराजको ११ः११ अफरमा दराजबाट अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशत छुट दिने भएको छ ।
यस छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आईएमई बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नोभेम्बर महिनाको ११ तारिखमा दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिदको १५ प्रतिशत छुट पाउनेछन् ।
बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा तीन हजारसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा तीन हजार पाँच सयसम्म छुट पाउनेछन् ।
आफ्ना ग्राहकको सुविधाका लागि यस्ता योजना ल्याएर ग्राहकलाई लाभान्वित गर्दै आएको दावी गरेको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ग्लोबल आईएमई बैंकले ७६ जिल्लामा बैंकको २८६ शाखा, २५२ एटीएम, २६२ शाखारहित बैंकिङ सेवा, ४८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८५० सेवा केन्द्रबाट २७ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको जनाएको छ ।