Logo

राष्ट्रिय बाणिज्य बैंक र नेपाली सेनाबीच सम्झौता

घर नभएका नेपाली सेनाका जवानलाई ब्याज अनुदानमा ऋण उपलब्ध गराइने भएको छ । राष्ट्रिय वाणिज्य बैंकले सैनिक कल्याणकारी कोषसँग सम्झौता गर्दै उनीहरुलाई घर निर्माण गर्न २५ लाख रुपैयाँसम्म ऋण दिइने भएको छ ।
ऋण उपलब्ध गराउने सम्झौतापत्रमा प्रधान सेनापति प्रभुराम शर्माको उपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सैनिक कल्याणकारी महानिर्देशनालयका महानिर्देशक उपरथी आनन्दकुमार अधिकारीले हस्ताक्षर गरेका छन् ।
सैनिक सेवामा न्यूनतम १० वर्ष सेवा अवधि पूरा गरेका सकल दर्जाहरुलाई कोषको सिफारिसमा ऋण उपलब्ध गराउने बताइएको छ । बैंकले आधार दरमा न्यूनतम प्रिमियम लिई ऋण दिने छ । वार्षिक ३.३२ प्रतिशतमा घर खरिद वा घर निर्माण गर्न अधिकतम १५ वर्षसम्म ऋण पाइने छ ।
सम्झौता बमोजिम कोषले बैंकलाई निक्षेप समेत उपलब्ध गराउने छ । नेपाली सेनाका बहालवाला सकलदर्जाहरुको आफ्नै आवासको व्यवस्था भइ सम्मानपूर्वक जीवनयापन गर्नमा विशेष योगदान पुग्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्