Logo

शाइन रेसुंगा स्मार्टबाट ईसेवा मनी ट्रान्सफरको रेमिट्यान्स् सेवा

ईसेवा मनी ट्रान्सफर र शाइन रेसुंगा डेभलपमेन्ट बैंकबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ ।
सम्झौतासँगै विदेशबाट ईसेवा मनी ट्रान्सफरमार्फत पठाएको रेमिट्यान्स् शाइन रेसुंगा डेभलपमेन्ट बैंकका नेपालमा रहेका कुनैपनि शाखा कार्यालयबाट भुक्तानी गर्न सकिनेछ । यसैगरी यस बैंकका खाता सञ्चालन भएका ग्राहकले विदेशबाट पठाएको रेमिट्यान्स् सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन् ।
शाइन रेसुंगा स्मार्ट अर्थात् यस बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरेर इसेवा मनी ट्रान्सफरमार्फत नेपालभरी रहेका ईसेवाका नेटवर्कमार्फत जुनसुकै ठाउँमा रेमिट्यान्स् पठाउन र जुनसुकै ठाउँवाट पठाएको रकम प्राप्त गर्न सकिने जनाइएको छ ।
सम्झौतामा ईसेवा मनी ट्रान्सफरका प्रबन्ध निर्देशक अजेस कोइराला र शाइन रेसुंगा डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्