खाना पकाउने ग्याँसको १५००, पेट्रोल १३३ «

खाना पकाउने ग्याँसको १५००, पेट्रोल १३३

नेपाल आयल निगमले शुक्रबार राती १२ बजेदेखि लागू हुने गरि खाना पकाउने ग्यासको प्रतिसिलिण्डर ५० रुपैयाँ मूल्य वृद्धि गरेको छ । हाल १ हजार ४५० प्रति सिलिण्डर पर्ने खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १५ सय पुगेको निगमले जनाएको छ ।
निगमले शुक्रबार एक विज्ञप्ति जारी गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको जानकारी दिदै शुक्रबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको साबिक बिक्री मूल्यमा पनि ३ रुपैयाँले वृद्धि गरेको छ ।
जस अनुसार अब पेट्रोलको बिक्री मूल्य प्रतिलिटर रु १३३, डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर ११६ पुगेको छ ।
साथै, आन्तरिक तथा बाह्य हवाई इन्धनमा बिक्री मूल्यमा पनि प्रतिलिटर रु १० ले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ९६ रुपैयाँ पुर्याउने निर्णय निगमले गरेको छ भने अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर ८ सय ५३ अमेरिकी डलर पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस्