बेमौसमी पानीले अन्नको भण्डारमा क्षति

मनसुन बाहिरिएपछि परेको बेमौसमी पानीले अन्नको भण्डारमा क्षति पुगेको छ ।
कृषि उत्पादनमा उर्वर रहेको प्रदेश २ अन्नको भण्डारमा पाक्न लागेको धानमा क्षति पु¥याएको छ । पर्सामा २० प्रतिशत धानमा क्षति पु¥याएको छ । देशभर ठूलो धनजनको क्षति हुने गरी परेको झरीले पर्सामा धानको पकेट क्षेत्र भएको स्थानहरुमा क्षति पु¥याएको हो ।
कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत कार्यक्रम ‘धान पकेट क्षेत्र’ सञ्चालनमा गरिएको पर्सागढीमा सोना मनसुली धानमा बढी पु¥याएको पर्सागढी नगरपालिकाका कृषि अधिकृत खडकबहादुर खत्रीले बताए । पर्सागढी नगरपालिकामा सोना मन्सुली धानको बोट पानीले ढलेको र यसमा दाना लाग्न पाएन भने नोक्सानी हुने उनले बताए ।
सामान्य क्षतिबाहेक खासै क्षति नपु¥याएको उनको भनाइ छ । कृषि ज्ञान केन्द्र पर्साका बाली प्रसार अधिकृत समसुल हक मियाँ दर्जीका अनुसार समग्र जिल्ला भरमा २० देखि ३० प्रतिशत जति धानमा नोक्सानी भएको छ । भदईया धानलाई बेमौसममा परेको झरीले खासै क्षति पु¥याएको छैन । तर, अहिले पाक्न लागेको धानमा नोक्सानी पु¥याएको दर्जीले बताए ।
खेतमा किसानले काटेर राखेको धानमा मात्रै बढी क्षति भएको उनले बताए । बेमौसममा झरी परेपछि धानबालीको अनुगमनका लागि कृषि ज्ञान केन्द्रको टोलीले मंगलबारदेखि नै अनुगमन सुरु गरेका थिए ।
मंगलबार पर्सागढीदेखि पकाहामैनपुरसम्म गरेको अनुगमनमा २० देखि ३० प्रतिशत धानमा क्षति पु¥याएको पाईएको बाली प्रसार अधिकृत दर्जीले बताए । प्रदेश २ को बारा जिल्ला बाहेक सातवटै जिल्लामा अहिलेको पानीले धानमा नोक्सान गरेको प्रदेश २ सरकारको भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता एवं वरिष्ठ कृषि अर्थ विज्ञ ललनकुमार सिंहले बताए ।
मनसुन बाहिरिएपछि अनपेक्षित रुपमा आएको पानीले रबीबालीहरु मसुरो, खेसारी, आलस लगायतका बालीहरुमा पनि क्षति पुगेको सिंहले बताए ।
अगौटे धान काटीसकेका र काट्न तयारी भएको धान खेतमा पानी जमेपछि नोक्सानी गरेको सिंहको भनाई छ । उनले भने, “मनसुन राम्रो भएकोले धान उत्पादन बढ्ने अनुमान गरिएपनि काटेर भित्र्याउने बेलामा परेको पानीले क्षति पु¥याउदा किसान मात्रै होईन सरकार पनि स्तब्ध भएको छ । यसले उत्पादनमा ह्रास आउने चिन्ता बढेको छ ।” सिंहका अनुसार ४ लाख ३ हजार १ सय ६४ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ ।