भत्किएका सडक तत्काल निर्माण गर्न सरकारलाई निर्देशन «

भत्किएका सडक तत्काल निर्माण गर्न सरकारलाई निर्देशन

ljsf; tyf k|ljlw ;ldlt a}7s sf7df8f}F, !) c;f]hM k|ltlglw;ef, ljsf; tyf k|ljlw ;ldltsf] l;+xb/af/df cfOtaf/ a;]sf] a}7s . tl:a/ M /Tg >]i7÷/f;;

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नेपालीहरूको महान चाड बडा दसैँको अवसरलाई मध्यनजर गर्दै वर्षाका कारण क्षति भएका सडकको निर्माण तत्काल सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ ।
आइतबार सिंदरबारमा बसेको समितिको बैठकले वर्षाका कारण क्षति भएका सडक निर्माणको कामलाई तत्काल सम्पन्न गर्न गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकमा समितिकी सभापति कल्याणीकुमारी खड्काले समितिको बैठकले कोरोना महामारीलाई मध्यनजर गर्दै सवारीसानधमा सिट क्षमताअनुसार यात्रु राख्न, स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न, लामो दूरीमा चल्ने यात्रुहरुको भाडादर देखिने ठाउँमा टास्न, भौतिकरूपमा लामबद्ध भएर टिकट काट्ने व्यवस्था हटाइ अनलाइन प्रणालीबाट टिकट बुकिङको व्यवस्था गर्न, अनलाइनबाट टिकट खरिद गर्दा भाडादरमा केही छुट गर्नलगायतका कुराको प्रभावकारी अनुगमन गर्न यातायात मन्त्रालयलाई निर्देशन दिइएको बताइन् । उनले सातै प्रदेशमा समितिको २०७५ असोज १० को निर्देशन ऐन अहिले पनि उपर्युक्त हुने भएकाले पुनः कार्यान्वयन गर्न÷गराउन यातायात मन्त्रालय र ट्राफिक प्रहरी महाशाखालाई निर्देशन दिएको पनि बताइन् । सभापति खड्काकाअनुसार ५० करोड रुपैयाँभन्दा बढी लागत भएका आयोजनालाई मात्र वर्षीय आयोजनाको रूपमा कार्यान्वयन गर्नेगरी बनाइएको मापदण्डले पूर्वाधार विकासमा आवश्यक रहेका धेरै आयोजना कार्यान्वयन नहुने र अव्यावहारिक हुने भएकाले सो मापदण्ड तत्काल पुनरावेदन गर्ने व्यवस्था मिलाउन समितिले यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । सभापति खड्काले सम्बन्धित मन्त्रालयअन्तर्गतका निर्माणाधीन अवस्थामा रहेका सडक, वैकल्पिक सडक, तथा पूर्वाधार विकासका कामहरू आवश्यक स्रोतकोस सुनिश्चितता गरी समयमै सम्पन्न गर्न यातायात मन्त्रालयलाई निर्देशन दिइन् ।
सभापति खड्काले पाँच दिन यात्रुहरूको सहजताका लागि सवारीसाधन चेकजाँच नगरी सहज सुविधा दिने निर्णयलाई दुई दिन थपेर हप्ता दिन बनाउन पनि सरकारलाई सचेत गराइन् ।

प्रतिक्रिया दिनुहोस्