सीमामा चेकजाँच नहुँदा कोरोना महामारीको जोखिम बढ्दै «

सीमामा चेकजाँच नहुँदा कोरोना महामारीको जोखिम बढ्दै

नेपाल–भारत सीमा खुलेसँगै प्रदेश २ मा कोरोनाको जोखिम बढ्नसक्ने आकलन गरिएको छ ।
कोरोनाको संक्रमण घटेसँगै प्रदेश २ को अस्थायी राजधानी जनकपुरसहित तराई मधेसका सीमावर्ती क्षेत्र उच्च जोखिममा पर्नसक्ने आकलन गरिएको हो । प्रदेश २ का स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले भारतबाट बिना चेकजाँच मानिसहरू आउने क्रम बढेपछि त्यसको जोखिम बढने खतरा रहेको बताए । उनले बजारमा मास्क लगाउने, स्वास्थ्य सतर्कता अपाउनेको संख्यामा कमी आएको छ भने बजारमा भीडभाड हुने गरेको छ । सीमानाकाहरू खुलेसँगै सहज रूपमा आवागमन हुने र यसले कोरोनाको जोखिम बढाउने बताए । उनले सीमामा प्रभावकारी रूपमा हेल्थ डेस्क राखेरमात्रै खोल्दा जोखिम कम हुनसक्ने बताए ।
निर्देशक झाले भने, “भारतबाट बिना चेकजाँच मानिसहरू आउने क्रम बढेको छ, त्यसले कोरोना महामारीको जोखिम झनै बढाएको छ, बजारमा मास्क लगाउने, स्वास्थ्य सतर्कता अपाउनेको संख्यामा कमी आएको छ भने बजारमा भीडभाड हुने गरेको छ । सीमानाकाहरू खुलेसँगै सहज रूपमा आवागमन हुने र यसले कोरोनाको जोखिम बढाउँछ, सीमामा प्रभावकारी रूपमा हेल्थ डेस्क राखेरमात्रै खोल्दा जोखिम कम हुनसक्छ ।”
उनले चाड पर्वमा सतर्कता अपाउनुपर्ने आवश्यकता औंल्याउँदै कोरोना महामारी कम भएपछि नेपाल सरकारको असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल–भारतको अन्तर्राष्ट्रिय सीमानाका खुला गर्ने निर्णय गरेका थियो ।

प्रतिक्रिया दिनुहोस्