जनता बैंक र टिच फर नेपालबीच सम्झौता «

जनता बैंक र टिच फर नेपालबीच सम्झौता

जनता बैंक नेपाल लिमिटेड र टिच फर नेपालबीच शैक्षिक गुणस्तर अभिवृद्धि कार्यक्रममा सहकार्यसम्बन्धी आइतबार एक सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा जनता बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनालले हस्ताक्षर गरेका थिए ।
टिच फर नेपालले ग्रामिण क्षेत्रमा रहेका सरकारी विद्यालयमा फेलो शिक्षकहरू खटाई शैक्षिक असमानता घटाउने कार्यमा सहयोग गर्दै आएको जनाएको छ । हाल टिच फर नेपालले सिन्धुपाल्चोक, ललितपुर, धनुषा, लमजुङ, दाङ र पर्साको ग्रामिण क्षेत्रका ५१ विद्यालयमा १ सय १० जना फेलो शिक्षकहरूमार्फत करिब १० हजार विद्यार्थीहरूको शैक्षिक गुणस्तर अभिवृद्धिमा कार्य गरिरहेको पनि जनाएको छ । सम्झौताअनुसार बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट टिच फर नेपाललाई वार्षिक ५ लाख रुपैयाँ प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्