कामना सेवा विकास बैंक र एनबीआईबीच सम्झौता «

कामना सेवा विकास बैंक र एनबीआईबीच सम्झौता

नेशनल बैंकिङ इन्ष्टिच्युट र कामना सेवा विकास बैंकबीच सम्झौता भएको छ । उक्त सम्झौतासँगै दुवै संस्थाको संयोजनमा विभिन्न तालिम कार्यक्रमहरु सञ्चालन हुनेछन् । सम्झौताअनुसार एनबीआईले कामना सेवा विकास बैंकका कर्मचारीको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।
उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्