अमेरिका गलत बाटोमा गएको धेरै अमेरिकीका बुझाई «

अमेरिका गलत बाटोमा गएको धेरै अमेरिकीका बुझाई

वासिङटन-हालै गरिएको एक नयाँ सर्वेक्षणले ६३ प्रतिशत अर्थात बहुसंख्यक अमेरिकीले आफ्नो मुलुक गलत दिसातर्फ गइरहेको बताएका छन् ।
एनबीसी न्यूज÷वाल स्ट्रिट जर्नलले सार्वजनिक गरेको सर्वेक्षण परिणाममा केबल २८ प्रतिशतले मात्रै मुलुक सही मार्गमा भएको बताएका छन् ।
ट्रम्पले कार्यकाल सुरु गरेयता अमेरिका गलत बाटोतर्फ गएको मान्नेको संख्या हालसम्मकै उच्च रहेको छ । यद्यपी ट्रम्पको कार्यकाल सुरु भएपछि अमेरिका सही बाटोमा गएको मान्नेको संख्या भने न्यून देखिएको छ ।
सर्वेक्षणमा सहभागी झन्डै ६८ प्रतिशत अमेरिकीले नकारात्मक उत्तर दिएका छन् । जस्तै ‘डिभाइडेड’, ‘डिज्यास्टर’ र ‘डाउनहील’ । उनीहरुलाई अमेरिकाको अवस्थको बारेमा तपाईले कस्तो महसुश गर्नु हुन्छ भनि सोधिएको प्रश्नमा उनीहरुले यस्तो उत्तर दिएका हुन् ।
केबल १७ प्रतिशतले मात्र सकारात्मक शब्द र शब्दावली प्रयोग गरेको सर्वेक्षणले देखाएको छ ।
नयाँ सर्भेमा ट्रम्पको कामको अप्रुभलको दर डिसेम्बरको तुलनामा अपरिवर्तनीय रहेको छ । ४३ प्रतिशतले उनको काम अप्रुभल गरेका छन् भने ५४ प्रतिशतले अस्वीकृत गरेका छन् ।
एनबीसी न्यूज÷वाल स्ट्रिट जर्नलको सर्वेक्षणमा ९०० वयष्कलाई समावेश गरिएको थियो । यो सर्वेक्षण जनवरीको २० देखि २४ सम्म सञ्चालन गरिएको थियो । स्मरण रहोस सर्वेक्षणको यो अवधि आंशिक रुपमा सरकारी कामकाज बन्दको अन्त्य हुनुपूर्व हो । सर्वेक्षेणमा मार्जिन अन्तर ३.३ प्रतिशत राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्