दरबन्दीअनुसार चिकित्सक नहुँदा बिरामी मर्कामा

डडेल्धुरा अस्पतालमा दरबन्दीअनुसार चिकित्सक नहुँदा बिरामीम र्कामा परेका छन् । मौसम परिवर्तन सँगै अस्पतालमा बिरामीको संख्या दिन प्रतिदिन बढिरहेको छ । अस्पतालमा चिकित्सक अभाव हुँदा बिरामीमारमा परेका छन् ।
डडेल्धुरा अस्पतालमा उपचार गर्न आउने बिरामीको चापनिकै बढेको छ । अस्पतालमा दरबन्दीअनुसारका डाक्टरहरू नहुँदा बिरामीले चेकजाँचगर्न घण्टौ लाइनमा कुर्नुपर्ने अवस्था छ ।
डडेल्धुरा अस्पतालमा चिकित्सक १९ जना विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत १८ जना, ४४ प्रकारका कर्मचारीलगायत गरी १०९ जनाकर्मचारीको दरबन्दी स्वीकृत छ । अस्पतालमा अहिले दुई एक जनामात्र स्थायी चिकित्सक रहेको अस्पतालका निमित्त मेडिकल सुपेरिटेनडेण्ट डा. जगदीशचन्द्र बिष्टले बताए ।
दरबन्दीअनुसारका चिकित्सकतथा स्वास्थ्यकर्मी नहुँदा डडेल्धुरा अस्पतालले प्रदानगर्ने सेवा प्रवाह गर्न सकेको छैन । दरबन्दीअनुसार स्वास्थ्यकर्मी नहुँदा उपचार सेवा दिन समस्या भएको छ ।
उपकरण र विशेषज्ञ चिकित्सक अभाव हुँदा जटिल रोगको उपचारका लागि जिल्लाबाहिर धाउनुपर्ने बाध्यता छ । डडेल्धुरा अस्पताल विगत दुई वर्षदेखि अस्पताल विकास समितिविहीन छ । डडेल्धुरा अस्पताल सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लाका नागरिकले सेवा प्रदान गर्ने गरी संघीय सरकारको मातहतमा छ ।