आईएसआईएस हारेको दावीपछि सिरियामा ४ अमेरिकी मारिए «

आईएसआईएस हारेको दावीपछि सिरियामा ४ अमेरिकी मारिए

दमास्कस-उत्तरी सिरियाली सहर मानबिजमा भएको आक्रमणमा ४ अमेरिकीको मृत्यू भएको एक वरिष्ठ कुर्दिस सुरक्षा अधिकारीले बताएको सीएनबीसीले जनाएको छ । स्थानिय समय अनुसार दिउसो १ बजे आत्मघाती बम बोकेका मानिस नागरिकको भेषमा गठबन्धन फोर्समा प्रवेश गरेर यो घटना गराएको समाचारमा उल्लेख गरिएको छ । मृत्यू हुनेमा दुई सर्भिसम्यान सहित ४ अमेरिकीको मृत्यू भएको छ ।
यसको जिम्मेवारी अमाग समाचार संस्थाको माध्यमबाट आईएसआईएसले लिएको छ । तर यो दावीलाई सहयोग हुने केही प्रमाण दिइएको छैन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आश्चर्यजनक रुपमा सिरियाबाट आफ्नो सबै सेना फिर्ता गर्ने घोषणा गरेको १ महिना भन्दा पनि कमको अवधिमा यो आक्रमण भएको हो । आईएसआईएस पराजित भएको भन्दै उनले सेना फिर्ता गर्ने घोषणा गरेका हुन् ।
सांसद र सुरक्षा विज्ञको चर्को आलोचनाका बावजुद सेना फिर्ताको प्रक्रिया हाल चलिरहेको पेन्टागनले जनाएको छ ।
यो आक्रमणले अमेरिकी फिर्ता प्रक्रियालाई थप जटिल बनाउने वा झनै बढ्ने भन्ने विषय अमेरिकी राष्ट्रपतिमा निर्भर हुनेछ ।
मानबिज, राका र अन्य सहरहरुमा आईएस सुसुप्त अवस्थामा बसिरहेको विषय वास्तविक हो,”वासिङटनमा रहेका कुर्दिस विश्लेषक मुट्लु सिभिरोग्लुले बताए । उनले उक्त सेल अत्यन्त बलियो रहेको बताएका छन् ।
कुर्दिस र अमेरिकी सेना बिरुद्ध भएको यो आक्रमणले अमेरिकी फिर्ताले गती लिने ती विश्लेषकले बताएका छन् ।
ट्रम्पले सिरियामा भएको आक्रमणको बारेमा जानकारी गराइसकेको ह्वाइट हाउसले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्