कोविड १९ अपडेट: भारतको संक्रमण मुक्त दर ९७.४० प्रतिशत, हाल सम्म कै उच्च

गत २४ घण्टामा भारतको संक्रमण मुक्त दर ९७.४० प्रतिशत पुगेको छ। महामारी सुरु भएयता यो दर हालसम्म कै उच्च दर हो।
स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय का अनुसार हालसम्म ३ करोड ११ लाख ३९ हजार ४ सय ५७ जना निको भइसकेका छन्। गत २४ घण्टामा ३९ हजार ६ सय ८६ जना संक्रमित विरामी निको भएका छन्।
सोमबार बिहान ७ बजेसम्म को अस्थायी प्रतिवेदन अनुसार हालसम्म ५८ लाख ७९ हजार ६८ सत्र मार्फत ५० करोड ८६ लाख ६४ हजार ७ सय ५९ खोप खुराक प्रदान गरिएको छ। गत २४ घण्टामा १६ लाख ११ हजार ५ सय ९० खोप खुराक प्रदान गरिएको छ।
देशव्यापी खोप अभियान को नँया चरण को सुरुवात जून महिनाको २१ तारिख देखि भएको थियो।
स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय का अनुसार “केन्द सरकार सम्पुर्ण वयस्क जनताका लागि द्रुत गतिमा खोप प्रदान गर्न यथेष्ट प्रयास गरिरहेको छ।”
गत २४ घण्टामा ३५ हजार ४ सय ९९ जना नँया संक्रमित विरामी थपिएका छन्। लगातार त्रिचालीस दिन ५० हजार भन्दा कम नयाँ संक्रमित विरामी थपिएका हुन्।
स्वास्थ्य मन्त्रालयका का अनुसार यो सबै केन्द्र सरकार राज्य र केन्द्र शासित प्रदेश को संयुक्त प्रयासको नतिजा हो।
देशको सक्रिय संक्रमित संख्या हाल ४ लाख २ हजार १ सय ८८ पुगेको छ। हाल सो संख्या देशको कुल सकारात्मक संख्या को १.२६ प्रतिशत पुगेको छ।
हालसम्म देशमा ४८ करोड १७ लाख ६७ हजार २ सय ३२ वटा नमुना परीक्षण भइसकेको छ। गत २४ घण्टामा १३ लाख ७१ हजार ८ सय ७१ वटा नमुना परीक्षण गरिएको छ।
यसका साथै देशको साप्ताहिक सकारात्मकता दर मा पनि कमी आउँदै गएको छ। हाल साप्ताहिक सकारात्मकता दर २.३५ प्रतिशत पुगेको छ र दैनिक सकारात्मक दर २.५९ प्रतिशत पुगेको छ। लगातार ६३ दिन सो दर ५ प्रतिशत भन्दा कम मा कायम रहँदै आएको छ भने लगातार १४ दिन सो दर ३ प्रतिशत भन्दा कम मा कायम रहँदै आएको छ।
स्रोत : इन्डिया न्युज नेटवर्क