Logo

एम एण्ड रेमिटसँगको विवाद समाधानतर्फ : सेञ्चुरी कमर्सियल बैंक

सेञ्चुरी कमर्सियल बैंकले मौरिससमा दर्ता भएको एम एण्ड रेमिट कम्पनीसँगको विवाद समाधानको प्रक्रियामा रहेको जनाएको छ । बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, सञ्चालक तथा सम्बन्धित व्यक्तिविरुद्ध भ्रामक र कपोकल्पित समाचार प्रकाशित भएको भन्दै बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बैंकले विप्रेषण कारोबार गर्न मौरिससमा दर्ता भएको एम एण्ड रेमिटसँग विप्रेषण कारोबार गरेको र उक्त कम्पनीबाट असुली गर्नु पर्ने रकमका सम्बन्धमा बैंक र रेमिट कम्पनीबीचको सम्झौतामा विवादित विषय मध्यस्तकर्तासँगको पलहमा समाधान गरिने व्यवस्था बमोजिम उक्त असुलीको विषय हाल मध्यस्तकर्तासँगको समन्वयमा आवश्यक काम कारवाही अघि बढिरहेको विज्ञप्तिमार्फत जनाएको छ ।
बैंकले छिट्टैै सो मुद्दाको फैसला आउनेमा विश्वस्त रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्