Logo

सिभिल बैंकको डिभेन्चरमा तीन वटा क्यापिटलले प्रत्याभूति गर्ने

सिभिल बैंकले सार्वजनिक निष्काशन गर्न लागेको डिभेन्चरमा नागरिक लगानी कोषसहित तीन वटा क्यापिटलले प्रत्याभूति गर्ने भएका छन् । बैंकले सार्वजनिक निष्काशन गर्न लागेको एक हजार अंकित दरको ३० लाख कित्ता ९% सिभिल बैंक डिबेञ्चर २०८८ को प्रत्याभूति गर्नका लागि निष्काशनकर्ता सिभिल बैंक तथा प्रत्याभूतिकर्ताहरु नागरिक लगानी कोष, प्रभु क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र माछापुच्छ्रे कृति क्यापिटलले प्रचलित धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ मा भएको व्यवस्था बमोजिम सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।


सिभिल बैंकले निष्काशन गर्ने ९% सिभिल बैंक डिबेञ्चर २०८८ डिबेञ्चरहरु सर्वसाधारण र प्राइभेट प्लेसमेन्टबाट निष्काशन अवधिमा माग भए बमोजिम बिक्री हुन नसकेमा बाँकी रहेको डिबेञ्चर खरिद गर्ने दायित्व चारवटै प्रत्याभूतिकर्ताहरुले लिन मञ्जुर गरेका छन् ।
यस क्रममा प्रत्याभूतिकर्ताहरु नागरिक लगानी कोषले २ अर्ब, प्रभु क्यापिटलले ३५ करोड, ग्लोबल आइएमई क्यापिटलले ३० करोडर माछापुच्छ्रे कृति क्यापिटलले ३५ करोड बराबरको डिबेञ्चर प्रत्याभूति गर्ने सम्झौत गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्