Logo

आइएमई डिजिटल र जनता बैंक नेपालबीच सम्झौता

आइएमई ग्रुपद्वारा प्रवद्र्धित ‘आइएमई डिजिटल’ र जनता बैंक नेपाल लिमिटेडबीच ‘आइएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आइएमई डिजिटलका तर्फबाट प्रमुख सञ्चालन अधिकृत डेनियल डी श्रेष्ठ र जनता बैंक नेपाल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले सोमबार सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार जनता बैंक नेपाल लिमिटेड ‘आइएमई डिजिटल’ को बैंकिङ साझेदार संस्था हुनेछ र बैंकका सेवाग्राहीहरूले चाडै नै आइएमई पे वालेटमा आफ्नो बैंक खाता लिंक गर्नेलगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू प्राप्त गर्न सक्नेछन् । साथसाथै जनता बैंक नेपालका सेवाग्राहीले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्यु आरमार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्