Logo

कामना सेवा विकास बैंकको नयाँ शाखा भोटाहिटीमा

कामना सेवा विकास बैंकले थप एक नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं. २७ स्थित भोटाहिटीमा आइतबार आफ्नो १२८ औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको हो ।

यो संगै काठमाडौं उपत्यकामा बैंकका २३ वटा शाखा पुगेका छन । हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकार, स्थानीय निकायले तोकेको मापदण्ड भित्र रहि काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २७ का अध्यक्ष चिनिया मान बज्राचार्य र बैंकका अध्यक्ष सुदिप आचार्यले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका थिए ।

उक्त समारोहमा सम्पूर्ण सञ्चालकहरुको भर्चुवल उपस्थिति रहेको थियो । सोसल मिडिया बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता विभिन्न डिजिटल माध्यमहरुबाट समेत ग्राहकहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको बैंकले १२८ वटा शाखा, १ वटा विस्तारीत काउन्टर तथा ७० वटा एटीएममार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्