बलेटक्सारमा प्रभु बैंकको नयाँ शाखा «

बलेटक्सारमा प्रभु बैंकको नयाँ शाखा

काठमाडौं- प्रभु बैंकले गुल्मी जिल्लाको रुरुगाउँपालिका–४, रानीबास, बलेटक्सारमा आइतबारदेखि नयाँशाखा कार्यालय खोली सञ्चालनमा ल्याएको छ । गुल्मी जिल्लाको रुरु गाउँपालिका–४, रानीबास, बलेटक्सारमा प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको सभापत्विमा आयोजित एक समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रभु बैंकको रानीबास शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।
रानीबास शाखा कार्यालय उद्घाटन कार्यक्रममा नेपाल सरकारका पूर्वमुख्य सचिव एवं चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल र रुरु गाउँपालिकाका अध्यक्ष नीलकण्ठ गौतम विशिष्ट अतिथिका रूपमा रहेको पनि बेकले जनाएको छ । बैंकले रानीबास शाखा कार्यालय उद्घाटनको उपलक्ष्यमा विपन्नवर्ग, महिला उद्यमी तथा भूकम्पपीडित कर्जा शीर्षकअन्तर्गत ५ जनालाई सहुलियत ब्याजदरको कर्जा उपलब्ध गराएको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्