एनएमबि बैंकमा बचत गर्दा उच्च ब्याज पाइने «

एनएमबि बैंकमा बचत गर्दा उच्च ब्याज पाइने

सबै वर्गलाई समेटने गरी निक्षेपमा एनएमबि बैंकले सबैभन्दा बढी ब्याज प्रदान गरेको जनाएको छ । बचत खातामा उच्च ब्याज प्रदान गर्दै आएको एनएमबि बैंकले अहिले ग्राहकहरुलाई बचत खातामा उच्च ब्याज प्रदान गर्ने उद्देश्यले ५.६० प्रतिशतसम्म वार्षिक ब्याजदर तोकेको जनाएको छ ।


बैंकले मुद्दतीमा भने ८.३० प्रतिशतसम्म वार्षिक ब्याज प्रदान गर्ने उल्लेख गरेको छ । “हाल मुख्यतया बैंकहरुले कर्जा सापटीमा केन्द्रित रहेकोे देखिए पनि एनएमबिले भने स–साना निक्षेपकर्तालाई मर्का नपरोस भन्ने उद्देश्यले बचतमा अधिकतम ब्याजको योजना अघि सारेको हो” बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


एनएमबि बैंकले हाल देशभर १८१ शाखा, १३७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्