कृषि विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम «

कृषि विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम

देशको सम्पूर्ण क्षेत्रका जनताहरू बैंक तथा वित्तीय संस्थाको पहुँच तथा मूल प्रवाहमा नआएको परिप्रेक्ष्यमा सामाजिक अभिमुखीकरण सहितको बैंकिङ सेवालाई आफ्नो सिद्धान्तमा समेटेको कृषि विकास बैंकले आवश्यक नीति र रणनिति बनाई वित्तीय साक्षरता कार्यक्रमलाई व्यापक रूपमा सञ्चालन गर्ने तथा बैंकिङ क्रियाकलापहरूको विकास एवं विस्तारका लागि वित्तीय मध्यस्थतासहित बैंकिङ कारोबारमा ग्रामीण जनतालाई अभ्यस्त गराउन कम्तीमा एक कार्यालय एक वित्तीय साक्षरता कार्यक्रम अनिवार्य रूपमा सञ्चालन गर्ने नीतिगत व्यवस्था भएबमोजिम कार्यक्रम आयोजना गरिएको थियो ।
वार्षिक बजेट तथा कार्यक्रम पुस्तिकाको व्यवस्था एवं क्षेत्रीय कार्यालयको परिपत्रबमोजिम यस कृषि विकास बैंक शाखा कार्यालय चापाकोटको आयोजनामा शनिबारका दिन चापाकोटस्थित गंगालाल माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको शाखा प्रबन्धक विश्वराज मरासिनीले बताए ।

प्रतिक्रिया दिनुहोस्