रासायनिक प्रदूषण न्यूनीकरण गर्न दिगो विकासमा लगानी
सरोकारवालाहरुले वातावरण र पर्यावरणमा रासायनिक प्रदूषणले प्रभाव पारेको भन्दै प्रभाव न्यूनीकरण गर्न दिगो विकास तथा सरसफाईमा लगानी गर्न सुझाव दिएका छन् । विश्व वातावरण दिवसको अवसरमा शनिवार आयोजित एक कार्यक्रममा बोल्दै सरोकारवालाहरुले प्रदूषण न्यूनिरकण गर्न लगानी बढाउन आवश्यक रहेको सुझाव दिएका हुन् ।
जल, स्थल र वायू मण्डलमा प्रभाव पारिरहेको रसायनजन्य प्रदूषणले निम्त्याएको जनस्वास्थ्यमा पर्ने असर प्रति ध्यानाकर्षण गराउदै यस बर्षको विश्व वातावरण दिवस २०२१‘‘प्रारिस्थिक प्रणालीको पुनःस्थापना ’’ भन्ने मुल नाराका साथ वातावरण दिवस मनाईएको थियो ।
कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. बुद्धिसागर पौडेलले आजको दिनमा विश्व भरी हावा, पानी, रुखकै विषयमा छलफल भइरहेको समयमा वातावरणमा रहेका रासायन एक महत्वपुर्ण विषय रहेको र विभागले पनि यस विषयमा विभिन्न अनुसन्धान गरी रहेको र यस कार्यक्रमको निश्कर्षलाई आगामी अनुसन्धानहरुमा प्रयोग गर्ने बताए ।
कार्यक्रममा बोल्दै नेपाल विज्ञान तथा प्रज्ञा प्रष्ठिानका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले ६० प्रतिशतभन्दा बढी जनसंख्या शहरमा बसोवास गर्ने र प्रदूषणको श्रोत शहर केन्द्रीत रहेकोले वातावरणीय संरक्षण र सुरक्षाको लागि नविनतम र दिगो प्रयास तथा उपायहरुलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । शहरी प्रदूषणमा मानवजन्य मलमुत्रहरुको प्रमुख भूमिका रहने विभिन्न तथ्याङकले देखाएको र यस्ता बस्तीहरुमा निर्माण भएका शौचालय र सार्वजनिक स्थानमा रहेका शौचालयहरुलाई वातावरणीय र दिगो प्रकारले व्यवस्थापन गनुपर्ने उनको भनाई छ । ‘‘काठमाण्डौं उपत्यकामा २० बर्ष अगाडि सम्म खेतीयोग्य उर्वरा जमिन रहेको स्मरण गर्दै वातावरण विनासले ल्याएको परिवर्तनसगै खाद्य सुरक्षामा आएको संकटलाई टार्न कौसी खेती एक भरपर्दो उपाय भएकोतर्फ इंगित गर्नु हुँदै यसलाई वातावरणीय पूनःस्थापनाको लागि रणनितीको रुपमा अगाडी बढाउनुपर्छ ।’’ उनले भने ।
‘‘कोभिड १९ महामारीको समयमा अस्पताल तथा सार्वजनिक स्थानका शौचालयहरुको सरसफाईमा विशेष ध्यान नप¥ुयाउने हो भने कुनै पनि समयमा यस्ता महामारी फैलाउन सार्वजनिक शौचालय प्रति कुल हुन सक्दछ ।’’एरोसानका राष्ट्रिय प्रतिनिधि प्रकाश अमात्यले भने । सफा शौचालयलाई प्राथमिकतामा नराख्ने हो भने रोगको केन्द्रविन्दु शौचालय बन्न बन्ने, र महामारीको समयमा स्वास्थ्य सेवामाजस्तै शौचालयमा पनि लगानी गर्नुपर्ने सही समय आएको सरसफाई विशेषज्ञ प्रकाश अमात्य बताउछन् । शौचालय जन्य मानव मल मूत्रले वातावरण प्रदूषणमा निकै नकारात्मक रासायिनिक प्रदूषण उल्लेख्य रुपमा गरेको उनको भनाई छ ।
जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक तथा वातावरण बैज्ञानिक रामचरित्र साहको अध्ययनमा उहाँले धातुका मुर्तिहरु बनाउने क्रममा हावा, पानी, माटो तथाकामदारहरुको शरीरमा मर्करीको अवशेष पाएको बताए । कार्यक्रममा प्रस्तुती गर्दै साहले दक्षिण एशियामै सबै भन्दापहिले नेपालमा ब्रेक शु र क्लच प्लेट बाहेक सबै प्रकारका ऐस्वेस्टस र ऐस्वेस्टसयुक्त बस्तुहरुको २०७१ सालमै पूर्णतया प्रतिबन्ध लगाएतापनी अझै १० प्रतिशत मेकानिकहरुलाई यस विषयमा जानकारी नभएको र आयातका कारण स्वास्थ्यजन्य समस्या र वातावरणमा प्रदूषण हुदै आएको जानकारी दिए ।
सफेडका कार्यक्रम अधिकृत सुमिन महर्जनको अध्ययन अनुसार काठमाण्डौ उपत्यकाको ठिमी, खोकना, कीर्तीपुर, हरिसिद्धि र कालिमाटि तरकारीमा विषादीका मात्रा बढेको बताए । यस क्षेत्रमा उत्पादन, आयात, विक्रिवितरण र उपभोग हुदै आएको २० प्रकारका तरकारीहरुको प्रयोगशाला परीक्षण गर्दा विषादीहरुको अत्यधिक अवशेष पाईरहेका र यसको प्रयोजनबाट स्वास्थ्य र वातावरणीय समस्याहरु उत्पन्न भएको महर्जनको भनाई छ ।