मेलम्चीको पानी ४० दिन बन्द «

मेलम्चीको पानी ४० दिन बन्द

आगामी असार १ गतेदेखि मेलम्ची खानेपानी उपत्यकामा नआउने भएको छ ।


सुरुङ परीक्षणका क्रममा न्यूनतम ४० दिन लाग्ने भएको सो अवधिभर पानी भएकाले उपभोक्ताको धारामा पानी नआउने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

“सुरुङ परीक्षणको अन्तिम चरणमा छन्, परीक्षणका लागि खाली गर्न १५ दिन लाग्छ” आयोजनाका डिभिजनल इञ्जिनियर राजेन्द्र पन्तले भने, “भित्र पसेर हेर्नुपर्छ, थप १० लाग्छ, अनि फेरि सुरुङमा पानी भर्न १५ दिन लाग्छ ।” उनका अनुसार, असार १ गतेदेखि सुरुङ खाली गर्र्ने प्रक्रिया सुरु गरिने छ । गत फागुन १० गते पनि सुरुङमा पानी परीक्षण गरिएको थियो ।

मेलम्ची खानेपानी आयोजनाका लागि गरिएको ठेक्का सम्झौता अनुसार सुरुङमा समस्या रहेको देखिए निर्माण कम्पनीले नै मर्मत गर्नुपर्ने प्रावधान छ ।
अहिले मेलम्ची खानेपानी आयोजनाबाट १७ करोड लिटर काठमाडौं उपत्यकामा आइरहेको छ । मेलम्ची खानेपानी बन्द भएपछि उपभोक्तालाई केही असहज भने हुनेछ ।

प्रतिक्रिया दिनुहोस्