हामीले ‘स्वविवेक’ प्रयोग गरेको भए…

हाम्रो देशमा चलिरहेको कोरोना महामारीको दोस्रो लहरले अनपेक्षित क्षति गरेको छ । यसो हुनुमा धेरै हदसम्म हामी नेपालीहरू आफैं ‘अति जान्नेसुन्ने’ (अजासु) भएर पनि हो कि ? त्यसरी अजासु भएर जथाभावी व्यवहार नगरेको भए यो स्तरमा मानिसहरू बिरामी हुने थिएनन् कि, जनधनको क्षति पनि यति धेरै हुँदैनथ्यो कि ? नेपालमा कोरोना महामारीको दोस्रो लहरका कारण दैनिक लगभग १ सय ८० जना मानिसले मृत्युवरण गरिरहेका छन्, जुन नेपालको जनसंख्याको तुलनामा धेरै ठूलो संख्या हो ।
अझ गत जेठ ५ गते एकै दिन सबैभन्दा धेरै २ सय ४६ जना नेपालीले कोरोना महामारीका कारण ज्यान गुमाएका छन् भने जेठ ३ गते पनि एकै दिन २ सय १४ नेपालीले ज्यान गुमाएका थिए । हालसम्म ५ हजार ८ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
यहाँ अञ्चिन जनताको के कुरो ? सरकार प्रमुख, राजनीतिक दल र तिनका नेताहरूले नै नोभेल कोरोना भाइरस (कोभिड–१९) लाई ‘रुघा–खोकी र फ्लु’बाहेक अरू केही होइन सम्म भनेका थिए । कोरोना भाइरसलाई चुनौती दिनकै ठूलठूला -याली, सभालगायत कार्यक्रमहरू आयोजना गरेका थिए । त्यसै त हामी नेपालीहरूको ज्ञान, विवेक, सिकाइ, बुझाइ, सिर्जनशीलता, चेतनाको स्तर, चैतन्य आदि शून्य नै भए तापनि हामी आफुलाई ‘सर्वज्ञ र सर्वज्ञानी’ ठान्ने मान्छे प-यौं । तर, हामी नेपालीहरू साँच्चै स्वविवेकी भएको भए अथवा आपूmभन्दा जान्ने, बुझ्ने खास गरी विषयविज्ञहरूले भनेको मान्ने भए…
तर, कतिपय नेपालीले त ‘भेगीय हिसाबले पनि कोरोना महामारीले छुने वा नछुने भन्ने महाज्ञान’ समेत प्राप्त गरेका थिए÷छन् । जस्तै म मधेसको हु्ँ, त्यसैले मलाई कोरोनाले छुँदैन, कोरोना लाग्दैन (यस्तो कुरो मैले बाँकेको घटना घट्दासम्म पनि सार्वजनिक यातायातमा भन्ने गरेको सुन्थेँ) भन्ने महाज्ञान पनि छ । त्यस्तै म हिमाली हुँ, त्यसैले मलाई कोरोनाको महामारीले भेट दिँदैन, दर्शन गर्दैन (यस्तो कुरो गरेको गरेको चाहिँ मैले सार्वजनिक यातायातमा खासै सुनिनँ) भन्नेसम्मको ‘अजासु’पन पनि हामी नेपालीहरूमा रहेको देखिन्छ ।
माथिको प्रसंगमा भन्नुपर्दा म मधेसको हु्ँ, मलाई कोरोनाले छुँदैन, कोरोना लाग्दैन वा मधेसको मान्छेलाई कोरोनाको महामारीले केही गर्न सक्दैन भन्नेहरूलाई अनि बाँके कहाँ पर्छ ? पर्सा कहाँ पर्छ ? अनि मुम्बई, दिल्ली, चेन्नई, कोलकाता, बेङलुरु, आन्द्र, गुजरात आदि कहाँ पर्छ ? हिमालमा पर्छ ? कि भनी तत्कालै उनीहरूलाई प्रश्न गर्ने गर्थें । विचरा ती पनि अबोध बालबालिकाहरूमा पर्ने ‘अजासु’ हरू न हुन्, उनीहरू पनि हामी नेपालीहरूमध्येकै एक न हुन् । त्यसैले उनीहरू स्वविवेकी मात्रै नभएर अति जान्नेसुन्ने (अजासु) भइटोपल्थे । त्यही भएर मेरो प्रश्नमा ‘तैँ चुप, मै चुप’ हुन्थे । किनभने आमनेपालीहरूमा चेतनाको स्तर जुन खालको छ, बुझाइको स्तर जुन खालको छ, उनीहरूको पनि औसतमा त्यही नै हो । त्यसैले कोरोना महामारीबारे वास्तविकता के हो ? सत्यतथ्य के हो ? आफैंले जाँच–परख नगरी हचुवाकै भरमा अथवा लिम्बू भाषामा भन्नुपर्दा ‘मेन्जो–सेन्जो’मै ‘बिग–टक’ दिइहाल्थे-हाल्छन् ।
अभैm पनि नेपालका धेरै ठाउँमा ‘तपाईंको मास्क खोइ ?’ भनी अभियान चलाएर दसौं हजार मास्क बाँड्नुपरिरहेको छ, कोही ठाउँमा त प्रहरी प्रशासनले ‘नगद जरिवाना’ गराएररै मास्क लगाउनुपर्ने बाध्यता सिर्जना गरिएको छ, कोही ठाउँमा मास्क नलगाई हिँड्नेहरूलाई ‘होल्डमा राखेर’ उनीहरूको पाइन हेर्नुपर्ने अवस्था पनि आइरहेको छ ।
त्यसो त अहिले हाम्रो देश नेपालमा कोरोनाको दोस्रो लहर सुरु भएताका जस्तो स्थिति नभएर बिरामीहरूले देशभरि नै सिलिन्डर, अक्सिजन बेडहरू पाएका छन् । त्यस्तै अस्पतालहरूको पनि केही न केही सहजता र सकेसम्म राम्रै व्यवस्थापन हुन थालेको छ । यसमा धेरै विदेशी सरकारहरूले पनि हाम्रो देशका जनता र सरकारको निरीहता तथा बाध्यता देखेर सिलिन्डर, लिक्विड, अक्सिजन भेन्टिलेटर, औषधि आदि सहयोग गरिरहेका छन् । अभैm पनि कोरोना भाइरसको अचुक औषधि बनि नसकेको हुनाले विज्ञहरूको भनाइ मान्दै, स्वविवेक प्रयोग गर्दै अमूल्य जीवनलाई बचाऔं !