होटल उद्योग र कोरोनाको दोस्रो लहर

नेपालमा हाल कोरोना महामारीको दोस्रो लहर नचलेको भए सम्भवतः नेपालका ससाना, मध्यम, तारे तथा डिलक्स होटलहरू कम्तीमा पनि ४५÷५० प्रतिशतसम्म अकुपेन्सीमा चलिरहेका हुन्थे होला । तर, हालसम्म युरोप, दक्षिण अमेरिका, उत्तर अमेरिका, अफ्रिका र एसिया महादेशको इरान, सिंगापुर, नेपाल, भारत, भियतनाम, थाइल्यान्ड, श्रीलंका आदि देशहरूमा दोस्रो, तेस्रो, चौथो चरणमा कोरोना महामारीको लहर पैmलिरहेकाले गर्दा नेपालको मात्रै नभएर विश्वकै (सम्भवतः चीनको आन्तरिक पर्यटनबाहेक) पर्यटन डावाँडोल भएको छ । त्यसैले नेपालको मात्रै नभएर विश्वभरिकै होटल उद्योगले नराम्रोसँग मार खेप्नुपरेको छ ।
त्यसो त नेपालको सन्दर्भमा भन्नुपर्दा विगत केही वर्षअघिदेखि होटल उद्योगमा अपेक्षा गरेभन्दा बढी लगानी भइरहेको थियो÷मान्न सकिन्छ । खास गरी वि.सं. २०६२÷०६३ को दोस्रो जनआन्दोलनको परिवर्तनपछि नेपालमा आएको राजनीतिक स्थायित्व र शान्ति प्रक्रियाले गर्दा नेपालको पर्यटन उद्योगले मात्रै नभएर समग्र उद्योग–व्यवसायले अपेक्षित रूपमा फस्टाउने मौका पाएको हो । वि.सं. २०५१÷०५२ मा तत्कालीन राजनीतिक दल नेकपा एकता केन्द्र÷जनमोर्चा नेपालको ४० बँुदे माग सम्बोधन भएको भए देश द्वन्द्वमा जाने थिएन । हालको समयमा आइपुग्दा नेपालमा धेरै नै सकारात्मक परिवर्तन भइसक्ने÷आइसक्ने थियो । खास गरी राजनीतिक, आर्थिक, शैक्षिक, सामाजिक, परिवर्तन र सर्वसाधारण जनतामा चेतनाको स्तरले फड्को मारेर एउटा सीमामा पुगेको हुने थियो कि ?
जे होस्, माथिको गन्थन–मन्थन राजनीतिक भएकाले यसको समाधानको उपाय पनि राजनीतिक नै हो, त्यसैले यो गन्थन–मन्थनलाई यहीँ छाडौं । त्यसो त सबै कुरोलाई डो¥याउने नीति नै राजनीति भएकाले राजनीतिक प्रसंगबेगरको विषय नै अधुरो वा अपुरो हुन्छ । त्यसमा पनि २४÷२५ वर्षको समय भनेको निश्चय नै कम होइन, भन्ने नै हो भने प्रस्ट भिजन भएको र दीर्घकालीन सोच र नीति तथा कार्यक्रम लिएर अगाडि बढ्ने डाइनामिक राजनीतिक दल र राजनीतिक नेता भएको भए हालसम्म देशमा धेरै कुरो भइसक्ने थियो ।
खास विषयमा प्रवेश गर्नुपर्दा पछिल्लो पटक नेपालको समग्र होटल उद्योगका बारेमा केही समयअघि आएको जानकारीअनुसार हाल देशको होटल उद्योगमा मात्रै १ लगभग १३ खर्ब नेपाल रुपैयाँ लगानी भएको छ भने यसरी भएको लगानीमा बनेको होटलहरूको संख्या पनि साना, मझौला र ठूला गरी ११ हजार चानचुनको संख्यामा पुगेको छ । अझ माथि उल्लेख भएबाहेक नेपालका दूरदराजमा व्यक्ति स्वयम्ले आफ्नै लगानीमा र व्यक्तिगत रूपमा खोलिएका स–साना होटलहरूको त सायद यो तथ्यांकमा समावेश छैन । नेपालमा आएको राजनीतिक स्थायित्व र शान्ति प्रक्रियापछि नेपाली होटल उद्योगमा अरू उद्योगहरूमा भन्दा छिटो गतिमा धेरै लगानी भित्रिरहेको देखिन्छ । त्यस्तै विभिन्न देशका चेन होटलहरूले पनि लगानी गरिरहेका छन्÷लगानी गर्ने क्रममा छन् । निश्चय नै यसले तत्काल घाटामा रहने देखिए तापनि भविष्यमा नेपालको होटल उद्योग र पर्यटन उद्योगमा मात्रै नभएर सगम्र उद्योग व्यवसायमै टेवा पुग्ने देखिन्छ ।
नेपाली होटल उद्योगको पछिल्लो तथ्यांकअनुसार नेपालमा १६ वटा त पाँचतारे होटल मात्रै खुलेका छन् । त्यसमा विभिन्न देशमा रहेका ठूला होटल चेनहरू जस्तै हिल्टन, मेरियट, सेराटनलगायतका चेन होटलहरू पनि पर्छन् । यी होटलका साझेदार भने नै नेपाली घरानाका व्यवसायीहरू रहेका छन् । हुन पनि नेपालमा होटल उद्योग वा भनौं होटल व्यवसायको कुरो गर्दा स्तरीय तारे होटलको सुरुवात विदेशी नागरिकले गरेका थिए । त्यस्तै सुरुमा नेपालमा पारस, हिमालय इनलगायत ससाना होटलले नेपाल भ्रमणमा आउने भारतीयलगायत विदेशी पर्यटकहरूलाई फाट्ट–फुट्ट रूपमा सेवा दिने गरेको थियो । भनिन्छ, गत वर्ष (विश्वव्यापी कोरोना महामारीको पहिलो लहर आउनुअघि) नेपाली होटलको कोठा ५५ देखि ६५÷७० सम्म मात्रै प्रयोगमा आएको थियो । निश्चय नै यस्तो महामारीको अवस्था लामो समय रहेमा होटल उद्योगमा लगानी गरेको पैसा उठ्न पनि लामै समय कुर्नुपर्ने हुन सक्छ । यसले होटल उद्योगमा हाल जसरी उत्साहका साथ लगानी गर्ने उद्योगी–व्यवसायीहरू (हाल पर्ख र हेरको अवस्थामा) छन्, विदेशी चेन होटलहरू छन्, उनीहरूमा फेरि निराशा नछाउला भन्न सकिन्न ।
यसै सेरोफेरोमा भैरहवास्थित लुम्बिनी क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल ठूला विमानहरू उडान–अवतरण गर्न मिल्ने गरी (परीक्षण उडानका लागि) तयार भएको भन्ने अर्को सुखद समाचार पनि हामीहरूबीच आएको छ ।