महेन्द्रनगरमा गण्डकी विकास बैंकको शाखा

गण्डकी विकास बैंकले कञ्चनपुरको महेन्द्रनगरमा आफ्नो शाखाको औपचारिक उद्घाटन गरेको छ । प्रमुख अतिथि प्रदेश नंं ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले उद्घाटन गरेको उक्त कार्यक्रमलाई सम्वोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बैंकले प्रदान गर्ने सेवा सुविधा एवं बैंकको गतिविधिका बारेमा जानकारी गराएका थिए ।
बैंकका सञ्चालक कृष्णबहादुर थापा क्षेत्रीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बेदकोट नगरपालिकाका मेयर अशोककुमार चन्द, उद्योग वाणिज्य संघ कञ्चनपुरका वरिष्ठ उपाध्यक्ष जितजंग मल्लले शुभकामना मन्तव्य राखेका थिए ।