कर भुक्तानीको समय थप नहुने «

कर भुक्तानीको समय थप नहुने

सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्क भुक्तानीको म्याद थप नगर्ने भएको छ ।
वैशाख १६ गतेबाट काठमाडौं उपत्यकासहित अन्य थुप्रै जिल्लामा निषेधाज्ञा लागू भएपछि निजी क्षेत्रले भ्याट र अन्तःशुल्क तिर्ने समय थप गर्न माग गर्दै आएको थियो । तर, कर भुक्तानीका लागि म्याद थप नगरिने अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।
निजी क्षेत्रका छाता संगठनहरुले अर्थमन्त्री विष्णु पौडेललाई भेटेर नै निषेशाज्ञाको अवधिमा कर भुक्तानी सहज नभएकाले म्याद थप गरेर सहजीकरण गर्न माग गरेका थिए ।
महाखेला नियन्त्रक कार्यालयका अनुसार शनिबारसम्ममा कुल वार्षिक लक्ष्यको ७३.९८ प्रतिशत अर्थात् ७ खर्ब ९३ अर्ब ३१ करोड रुपैयाँ बराबरको राजस्व संकलन भएको छ । चालू आर्थिक आर्थिक वर्षका लागि सरकारले १० खर्ब ११ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेकोमा कोभिड–१९ महामारीका कारण बजेटको अर्धवार्षिक समीक्षामार्फत लक्ष्य घटाएको थियो । संशोधित लक्ष्यअनुसार चालू आर्थिक वर्षमा सरकारले ९ खर्ब ५९ अर्ब ६८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्