Logo

गण्डकी विकास बैंकको कोहलपुर शाखाको औपचारिक उद्घाटन

गण्डकी विकास बैंकले बाँकेको कोहलपुरमा आफ्नो शाखाको औपचारिक उद्घाटन गरेको छ । प्रमुख अतिथि कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले आफ्नो उद्घाटन मन्तव्यमा गण्डकी विकास बैंकलाई कोहलपुरमा स्वागत गर्न पाउँदा अत्यन्तै खुसी व्यक्त गर्दै बैंक ग्रामीण क्षेत्रका जनताको सहयोगी बन्न सकोस् भन्ने शुभकामनासमेत दिए । बैंकका सञ्चालक कृष्णबहादुर थापाक्षेत्रीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल राष्ट्र बैंक नेपालगन्ज शाखाका उपनिर्देशक नारायणप्रसाद पोख्रेल, कोहलपुर नगरपालिका–११ का वडा अध्यक्ष कर्णबहादुर थापा र उद्योग वाणिज्य संघ कोहलपुरका अध्यक्ष चक्र अधिकारीले शुभकामना मन्तव्य राखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्