सगरमाथा र नेपालका अरू हिमालहरू

विश्वमा हालसम्म मान्यताप्राप्त ८ हजार मिटरभन्दा माथिका हिमाल १४ वटा रहेका छन् भने विश्व पर्वतारोहण संघ र समुदायबाट मान्यता पाउन बाँकी ६ वटा नयाँ हिमालहरू रहेका छन् । ती ६ वटै नयाँ हिमाल संयोगले नेपाल सरहदभित्र रहेका छन् । यसरी निकट भविष्यमै विश्वमा ८ हजार मिटरभन्दा माथिका हिमाल २० वटा हुनेछन् । त्यसपछि नेपालमा मात्रै ८ हजार मिटरभन्दा माथिका हिमाल १४ वटा रहनेछन् ।
त्यस्तै नेपालको सरहदमा ७ हजार ५ सय मिटरदेखि ८ हजार मिटरसम्मका हिमाल ४० वटा, ६ हजार मिटरदेखि ७ हजार ५ सय मिटरसम्मका हिमाल १२ सय ५३ वटा र ५ हजार ५ सय मिटरदेखि ६ हजार मिटरसम्मका हिमाल १९ सय १३ वटा रहेका छन् । (स्रोत ः नेपाल पर्वत, २०११ को अक्टोबर अंक) त्यस्तै समुद्री सतहदेखि नाप्दा हालसम्मको विश्वकै अग्लो हिमशिखर सगरमाथा पनि सौभाग्यवश हामै्र देश नेपालमा रहेको छ भन्ने त आमसर्वसाधारण मानिसलाई थाहा नै छ । जुन हिमाललाई आमरूपमा (पर्वतारोहीहरूमाझ) सगरमाथा÷एभरेस्ट भनेर चिनिन्छ भने सो हिमाललाई आदि–अनादि कालदेखि सोही क्षेत्रमा रहँदै बस्दै आएका स्थानीय बासिन्दाहरूले बोलाउने असली र पुरानो नाम भने ‘चोमोलुङ्मा’ हो । तर, पछि आएर यो हिमालले अंग्रेजीमा ‘एभरेस्ट’ नाम र नेपालीमा ‘सगरमाथा’ नाम पाएको छ । यसरी हेर्दा आदि–अनादि कालदेखि रहँदै आएको असली र पूरानो नाम ‘चोमोलुङ्मा’ नाम भने विस्थापित हुँदै गएको छ ।
वि.सं. २०७२ मा नेपालमा गएको भूकम्पपछि काठमाडौं उपत्यकालगायत केही ठाउँमा केही सेन्टिमिटर भए पनि उचाइ बढेको पाइएपछि सगरमाथा हिमालको पनि उचाइ थपघट भएको हुन सक्छ भनी सगरमाथाको नयाँ उचाइ लिनुपर्ने माग उठ्यो । त्यसैले लगभग दुई वर्षअघि नेपाल सरकारले ‘चोमोलुङ्मा’÷‘एभरेस्ट’÷‘सगरमाथा’ को नयाँ उचाइ पत्ता लगाउनका लागि नापजाँचको काम गर्न तत्कालीन भूमिसुधार मन्त्रालय (हाल भूमि व्यवस्था मन्त्रालय) अन्तर्गत रहेको नापी विभागलाई कार्यादेश र जिम्मा दिएको थियो । तर, कोरोना महामारीलगायतका अन्य कारणले गएको मंसिर २३ मा मात्रै ‘चोमोलुङ्मा’÷‘एभरेस्ट’÷‘सगरमाथा’ को नयाँ उचाइको घोषणा नेपाल सरकार र चीन सरकारले संयुक्त रूपमा गरेका छन् । सो घोषणाअनुसार अब ‘चोमोलुङ्मा’÷‘एभरेस्ट’÷‘सगरमाथा’ को नयाँ उचाइ ८ हजार ८ सय ४८.८६ सेन्टिमिटर कायम रहेको छ । यसअघि नेपाल सरकारले ८ हजार ८ सय ४८ मिटरलाई सगरमाथाको आधिकारिक उचाइ मान्दै आएको थियो भने चीन सरकारले ८ हजार ८ सय ४४.४३ सेन्टिमिटरलाई आधिकारिक उचाइ मान्दै आएको थियो । त्यस्तै अमेरिका, युरोपलगायतका देशहरूले भने सगरमाथाको उचाइ ८ हजार ८ सय ५० मिटर रहेको भन्दै आएको थियो ।
जे होस्, यो लेखमा थोरै सगरमाथा आरोहणको इतिहासबारे र थोरै सगरमाथाको उचाइबारे पनि लेख्ने प्रयास गरिएको छ । ऊ बेला अर्थात् ‘एभरेस्ट’ र ‘सगरमाथा’ नाम राखिनुअघि सगरमाथाको नामहरू अनेक अड्कल गरिएका थिए । जस्तै ‘देवढुंगो’, ‘भैरवनाथ’, ‘गौरीशंकर’, ‘चरी लमेनी’, ‘मितीगुती’, ‘चापोलुङ्मा’, ‘थर्ड–पोल’, ‘द गडेस मदर अफ द अर्थ’, ‘मदर गडेस अफ द स्काई’, ‘झोमोलुङ्मा’, ‘धरतीकी देवी’, ‘चोमो काङकार’, ‘चोमो लुुङ्मो’, ‘पिक एक्स भी’, ‘१५ औं चुली’ लगायत डेढ दर्जनभन्दा बढी नामहरू अड्कल गरिएका थिए । तर, पछि गौरीशंकर, मेलुङ्त्सेलगायत अन्य हिमालहरू अलग्गै पत्ता लागेपछि सगरमाथाको नाम ‘गौरीशंकर’ होइन भन्ने पक्का भयो । त्यसो त अभैm पनि पर्वतारोहण क्षेत्रमा लागेका विभिन्न देशका पर्वतारोहीहरू र सगरमाथालगायत विश्वका विभिन्न हिमालबारे किताब लेख्ने, फिल्म बनाउने, डकुमेन्ट्री बनाउने, स्वदेशी तथा विदेशी लेखक, खोज तथा अनुसन्धानकर्ताहरू (धेरैजसो विदेशी लेखकहरू) ले ‘चोमोलुङ्मा’ भनी लेखेको÷बोलेको देखिन्छ । तर, सन् १८५६ मा मात्रै बेलायती नागरिक जर्ज एभरेस्टको सम्मानमा ‘चोमोलुङ्मा’ को नयाँ नाम ‘माउन्ट एभरेस्ट’ राखिएको हो । स्मरणीय छ, सो बेला सर जर्ज एभरेस्ट आफ्नो सेवा अवधि सकेर बेलायतको इङ्ल्यान्डमा ‘रिटायर लाइफ’ बिताइरहेका थिए भने उनले सन् १८२३–१८४३ सम्म भारतको नाप–नक्सा विभाग (हेड अफ सर्भे) प्रमुख भएर काम गरेका थिए । (नोट ः माथिका विभिन्न नामहरूमध्ये केही नाम ‘टु द थर्ड पोल’ नामक किताबबाट लिइएको हो ।) त्यस्तै ‘चोमोलुङ्मा’को नयाँ नेपाली नाम सगरमाथा नामचाहिँ, इतिहासकार बाबुराम आचार्यले राखेका हुन् ।
त्यस्तै ‘चोमोलुङ्मा’को उचाइका सम्बन्धमा पनि सुरु–सुरुमा एकरूपता थिएन । (अहिले पनि छैन !) कहिले ८ हजार ८ सय ८८ मिटर, कहिले ८ हजार ८ सय ४० मिटर, कहिले ८ हजार ८ सय ५० मिटर, कहिले ८ हजार ८ सय ७२ मिटर, कहिले ८ हजार ८ सय ४४.४३ मिटर, कहिले ८ हजार ८ सय ४८ मिटर आदि भनी प्रचारमा ल्याइने गरिन्छ । यस्तो काम बढीजसो युरोप महादेश र उत्तर अमेरिकी महादेशका पर्वतारोहीहरू र लेखकहरूले गर्ने गरेका छन् । जे होस्, अस्तिसम्म नेपालले मान्दै÷मान्यता दिँदै आएको उचाइ ८ हजार ८ सय ४८ मिटर जुन छ, त्यो सन् १९५४ मा सर्भे अफ इन्डियाले गरेको नापजाँचको आधार निकालिएको उचाइ थियो । स्मरणीय छ, चीनतर्पmबाट सगरमाथा चढ्ने पर्वतारोहीहरूलाई चीन सरकारले प्रमाणपत्र दिँदा अभैm पनि (पोहोरसम्म) ८ हजार ८ सय ४४ मिटरकै प्रमाणपत्र दिने गरेको थियो । जे भए तापनि यसपटक नेपाल र चीन दुवै देशको ‘भद्र सहमति’ ८ हजार ८ सय ४८.८६ मिटर सगरमाथाको नयाँ उचाइ कायम भएकाले गर्दा अबका दिनमा चीनतर्पmबाट सगरमाथाको आरोहण गर्ने आरोहीहरूलाई चीन सरकारले दिने प्रमाणपत्रमा ‘८ हजार ८ सय ४८.८६ मिटर’ नै कायम होला÷गर्ला भन्ने आशा गर्न सकिन्छ । स्मरणीय छ, गत मेको सिजनमा चीनले पनि आफ्नो तर्पmबाट सगरमाथाको नापजाँच गरिसकेको छ । त्यसो त सर्वप्रथम सन् १८५२ मा सगरमाथाको उचाइ ८ हजार ४० मिटर मानिएको थियो भन्ने प्रसंग माथि नै उल्लेख भएको छ । पछि आएर व्यक्ति (पर्वतारोही तथा लेखकहरू) र देशैपिच्छे सगरमाथाको उचाइ मान्न थालियो भन्ने पनि उल्लेख गरिएको छ । जस्तो ‘वेस्टर म्यान’ भन्ने नक्सामा सगरमाथाको उचाइ ८ हजार ७२ मिटर लेखिएको छ भने एक पे्रmन्च जोडीले लेखेको किताबमा सगमाथाको उचाइ ८ हजार ८ सय ४२ मिटर लेखिएको छ ।
यसरी सगरमाथा आरोहण गर्न मानवले प्रयास गरेको मिति सन् १९२१ लाई मान्दा लगभग ३३ वर्षपछि अर्थात् सन् १९५३ मे २९ मा बल्ल सगरमाथाको शिरमा मानव पाइला राख्न सफलता मिलेको थियो । स्मरणीय छ, सो वर्ष नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्ड (तत्कालीन बेलायतको मातहत रहेको देश) का एडमन्ड पर्सिभल हिलारीले प्रथम मानवका रूपमा सगरमाथाको शिरमा पाइला राख्न सफल भएका थिए । हुन त त्यसअघि पनि सन् १९५१ मा एक सानो बेलायती पर्वतारोही टोली दार्जीलिङ, सन्दकफु (इलाम), ताप्लेजुङ, चैनपुर, दिङला (भोजपुर) तेङबोचे हँुदै नेपालतर्पmबाट सगरमाथा चढ्न गएका थिए । तर, उनीहरूले पनि विगतका आरोही दलहरूले जस्तै सफलता पाउन सकेनन् । त्यस्तै फेरि सन् १९५२ मा अर्को एक स्वीस टोलीले पनि नेपालतर्पmबाटै एकै वर्षमा दुई पटक सगरमाथा आरोहण गर्ने प्रयास गरेका थिए । तर, उनीहरू वर्षात्अघिको प्रयासमा ८ हजार ५ सय ९५ मिटरसम्म र वर्षात्पछिको प्रयासमा ८ हजार १६ मिटरको उचाइसम्म पुग्न भने सफल भएका थिए । सम्भवतः सगरमाथा आरोहणको इतिहासमा त्यो उचाइसम्म पुग्ने पहिलो टोली त्यही स्वीस पर्वतारोहीहरू नै थिए ।