Logo

आन्तरिक र बाह्य उडान बन्द


सरकारले आन्तरिक र बाह्य उडान बन्द गर्ने निर्णय गरेको छ । बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले संक्रमणको उच्च जोखिम बढ्दै गएपछि आन्तरिक र बाह्य दुवै उडानमा रोक लगाउने निर्णय गरेको हो । सरकारले यसअघि गत वर्ष पनि कोभिडको संक्रमण बढेसँगै अघिल्लो वर्षको चैतदेखि हवाई उडान बन्द गरेको थियो ।
निर्णयअनुसार आन्तरिक उडान सोमबार मध्यरातदेखि र बाह्य उडान २२ वैशाखको मध्यरातदेखि बन्द हुनेछन् । शुक्रबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले विमानस्थलमा भीड बढेको र उपत्यकामा हवाई मार्ग हुँदै आउने र जाने हुँदा संक्रमण बढ्ने बताउँदै उडान बन्द गर्न सिफारिस गरेको थियो ।
कोभिड–१९को दोश्रो लहर पछिल्लो समय बढ्दै गएपछि गत बिहीबारदेखि उपत्यकासहित केही जिल्लामा निशेषाज्ञा गरेको सरकारले हवाई उडान र अत्यावश्यक सेव र हिँडडुलमा भने प्रतिबन्ध लगाएको थिएन । सार्वजनिक यातायात बन्द गर्ने तर आन्तरिक तथा बाह्य उडान बन्द नगरेको भन्दै सरकारको चर्को आलोचना यातायात व्यवसायीले गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्