लक्ष्मी बैंकको एलएक्सबी कनेक्ट प्लाटफर्मका लागि साझेदारी आह्वान
लक्ष्मी बैंकले एपिआइ बैकिङको माध्यमबाट डिजिटल प्रविधिको प्रयोग बढाउन एलएक्सबी कनेक्ट प्लाटफर्म ल्याएर साझेदारीका लागि आह्वान गरेको छ ।
बैंकका अनुसार सााझेदारी अन्तर्गत फिन्टेक, स्टार्टअप तथा डेभलपरहरुले आफ्नो क्षेत्रसँग सम्बन्धित बैंकका साझा ग्राहकहरुलाई विविध डिजिटल सेवा दिन सक्नेछन् । एलएक्सबी कनेक्ट स्यान्डबक्स इन्भाइरोन्मेन्टअन्तर्गत इच्छुक साझेदारले बैंकिङ सेवा तथा प्रणालीलाई हेरेर बैंकको एपिआइसँग सम्वन्धित कार्यलाई एकीकरण गरेर आफू अनुकूल प्रयोग गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।
बैंकले तीन वर्गको प्रयोग गरेर एपिआइमा पहुँच प्रदान गर्ने जनाएको छ । बैंकका अनुसार खाता खोल्ने, खाता व्यवस्थापन गर्ने र ग्राहक पोर्टफोलियो बनाउनेछ । यस्तै हितग्राही व्यवस्थापन, रकम ट्रान्सफर, बिल भुक्तानी, नियमित (रिकरिंग) भुक्तानी, रेमिट्यान्स भुक्तानी, तलब भुक्तानी, सेटलमेन्ट गर्न पाउने बैंकले जनाएको छ । बैंकका अनुसार विनिमय दर, शाखा एटीएमको जानकारी, प्रमाणीकरण, रिकन्सिलियसन र स्टेटमेन्ट लगायतका काम गर्न पाइनेछ ।