सन्राइज बैंकको शाखारहित बैंकिङ सेवा «

सन्राइज बैंकको शाखारहित बैंकिङ सेवा

सन्राइज बैंकले ललितपुर जिल्लाको महांकाल गाउँपालिका–६, ठुलादुर्लुङ र सप्तरी जिल्लाको खड्क नगरपालिका–११, बनौलीमा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । सो दुुुई शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ७६ पुगेको छ ।
बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत ग्राहकहरुले एटीएम कार्ड प्रयोग गरी निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी समेत गर्न सक्नेछन् ।
कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ पहुँच बढाउने उद्देश्यले सेवा सुरु गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्