जनता बैंक र अजोड इन्स्योरेन्सबीच सम्झौता «

जनता बैंक र अजोड इन्स्योरेन्सबीच सम्झौता

अजोड इन्स्योरेन्स र जनता बैंक नेपालबीच सहकार्य गर्दै बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
मंसिर २० गते बिहीबार सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्री तथा इन्स्योरेन्सका तर्फबाट प्रमुख कायर्कारी अधिकृत कुमारबहादुर खत्रीले हस्ताक्षर गरे । सम्झौताबमोजिम बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बिमासम्बन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने अजोड इन्स्योरेन्स लिमिटेडका बजार विभाग प्रमुख लक्ष्मण पराजुलीेले जानकारी दिए ।

 

 

प्रतिक्रिया दिनुहोस्