सीएलाई त्रिविबाट सहजै समकक्षता प्रदान गरिने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले चार्टड एकाउन्टेन्ट्स उपाधि प्राप्त विद्यार्थीहरुलाई त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्रदान गर्न पहल गर्ने बताएका छन् । क्यानको ३६औं साधारणसभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सीए अध्ययन गरेका विद्यार्थीहरुका लागि समकक्षता प्रदान गर्नेबार त्रिभुवन विश्वविद्यालयप्रति भएका असमझदारी हटाएर अघि ब ढ्ने प्रतिवद्धता जनाए । उनले संघको आफ्नै भवन निर्माणका लागि आफूले सक्दो समयोग गर्ने पनि बताए ।
नेपाल राष्ट्र बैंकका गभर्नर तथा संघका पूर्वमहासचिव सीए महाप्रसाद अधिकारीले आर्थिक रुपान्तरणका लागि सीएहरुको योगदान महत्वपूर्ण रहेको बताए । उनले नेपाल राष्ट्र बैंकमा समेत सिएहरुको कार्यसम्पादन क्षमता तथा माग उच्च रहेको बताए । आइक्यान अध्यक्ष मदनकृष्ण शर्मा, महालेखा परीक्षक माननिय टंकमणी शर्मा, वरिष्ठ चार्टड एकाउन्टेन्ट्स टिआर उपाध्यायलगायतले आ आफ्ना धारणा राखेका थिए ।