लक्ष्मी बैंकको नयाँ शाखा कास्कीको लेखनाथमा

लक्ष्मी बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा १२८औं शाखा कास्की जिल्लाको लेखनाथमा सञ्चालनमा ल्याएकोे छ । पोखरा महानगरपालिकाको लेखनाथ (तालचोक) मा रहेको यो शाखामार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बंैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको जनाएको छ ।
यो नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको सञ्जाल ४८ जिल्लामा १२८ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ अस्पताल सेवा काउन्टर, १५७ एटीएम, २५०० भन्दा बढी रेमिटेन्स्एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ एजेन्टहरु पुगेको बैकले जनाएको छ ।