राष्ट्रिय खाद्य बैकको केन्द्रिय कार्यालयको शुभारम्भ «

राष्ट्रिय खाद्य बैकको केन्द्रिय कार्यालयको शुभारम्भ

पोसिलो आहारको लागि दिगो कृषि भन्ने नाराका साथ केही महिना अघिमात्रै स्थापना भएको राष्ट्रिय खाद्य बैकको नयाँ वानेश्वर स्थित केन्द्रिय कार्यालयको विहीबार शुभारम्भ गरिएको छ । बैकका कर्मचारी तथा सञ्चालकहरुको रोहबरमा केन्द्रिय कार्यालयको विधिवत शुभारम्भ गरिएको बैकका अध्यक्ष शंकरनाथ उप्रेतिले बताए ।

२ अर्ब लगानीमा देशब्यापी रुपमा व्यवसायिक कृषि उत्पादन गर्ने, भण्डारण तथा बजारीकरण गर्ने लक्ष्य उदेश्य साथ स्थापना भएको यो बैक नेपालमै नविनतम सोच सहित अघि बढेको बैक हो भन्दै अध्यक्ष शंकरनाथ उप्रेतिल बैकले कृषिमा परनिर्भरता घटाउने, कृषि उत्पादन बढाउने, रोजगारी बढाउने र अग्रानिक उत्पादनमा जोड दिएर जनस्वास्थ्यको विषयलाई सम्बोधन गर्ने उदेश्य लिएको बताए । हालसम्म यस बैकमा ५९० जना प्रमोटर सेयर सदस्य रहेका छन् । बैकले त्यसलाई बढाएर १ हजार जना प्रमोटर सेयर सदस्य बनाउने उदघोष यसअघि नै गरिसकेको छ । सरकारी मापदण्ड पुरा गरी केही बर्ष भित्रै आइपिओमा जाने समेत बैकको योजना छ । सेयर सदस्य तथा सरोकारवालाहरु बढाउँदा बैकको उत्पादनको बजारीकरणलाई पनि सहज हुने भएकोले त्यसरी अघि बढ्न खोजिएको उप्रेतिले बताए ।

बैकले पहिलो चरणमा २३ ओटा जिल्लामा यसबर्ष भित्र कृषि उत्पादनको काम थाल्ने प्रक्रिया सुरु गरिसकेको छ । बैकले त्यसका लागि तराइका विभिन्न जिल्लाहरुमा करिव ६ सय विघा जमिन लिजमा लिइसकेको छ । यसैबर्ष भित्र बैकले उत्पादन गरेका अग्यानिक उन्मुख अनाजहरु सेयर सदस्यहरु तथा उपभोक्ताहरुले उपभोग गर्न पाउने अध्यक्ष उप्रेतिले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्