Logo

ग्लोबल आइएमईको डिबेन्चरमा मागभन्दा बढि आवेदन

ग्लोबल आइएमई बैंकले जारी गरेको डिबेन्चर ओभर सब्स्क्राइब भएको छ । बैंकले यही चैत १ गते ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६-८७ निष्काशन गरी बिक्री खुला गरेको थियो ।
बैंकले ३ अर्ब रुपैयाँ बराबरको एक हजारप्रति ऋणपत्र अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो । ऋणपत्र निष्काशन तथा बिक्री चैत १६ गतेसम्मका लागि तोकिएको थियो ।
बैंकद्वारा जारी गरिएको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था रहेको थियो ।
१० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ८.५ प्रतिशत व्याज दर रहेको छ भने अर्धवार्षिकरुपमा व्याज भुक्तानी हुने बैकले जनाएको छ । बैंकले ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडलाई तोकेको थियो ।
यसका साथै लगानीकर्ताले मेरो सेयरमार्फत अनलाइन र नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सी आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू एवम् तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन पाउने व्यवस्था रहेको पनि बंैकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्