पेट्रोलियम पदार्थको मूल्य बढ्यो «

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र मटीतेलमा २–२ रूपैयाँ प्रतिलिटर मूल्य बढाएको हो ।
आइतबार राति १२ बजेबाट लागू हुने गरी मूल्य बढाइएको निगमले जनाएको छ । योसँगै पेट्रोलको मूल्य १२० रुपैयाँ प्रतिलिटर पुगेको छ भने डिजेल र मटीतेलको मूल्य १०३ रुपैयाँ कायम भएको छ ।
खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको निगमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्