युरोजोनको आर्थिक मनोबल १८ वर्षकै उच्च «

युरोजोनको आर्थिक मनोबल १८ वर्षकै उच्च

गत डिसेम्बरमा युरोजोनको आर्थिक मनोबल २००० को अक्टुबरदेखिकै उच्च कायम भएको छ । डिसेम्बरमा आर्थिक मनोबलको अवस्था देखाउने सूचक युरोपेली आयोगको ईएसआई युरोजोनमा १.४ अंकले वृद्धि भई ११६.० कायम भएको छ । यो ईयूमा पनि १.६ अंकले वृद्धि भई ११५.९ कायम भएको छ । यो युरो क्षेत्रमा अक्टुबरदेखि र ईयूमा २००० को अगस्टदेखिकै उच्च कायम भएको छ ।
सेवा, खुद्रा व्यापार र निर्माण क्षेत्रको मनोबलमा भएको वृद्धिले युरोजोनको आर्थिक मनोबल उच्च कायम भएको हो । यसका साथसाथै उद्योग र उपभोक्ताको क्षेत्रमा पनि मनोबल उच्च कायम भएको छ ।
युरो क्षेत्रका ठूला अर्थतन्त्रहरू फ्रान्स र जर्मनीमा ईएसआई २.३ र १.६ का साथ मजबुत अवस्थाबाट वृद्धि भएको छ । थोरैमा नेदरल्यान्डमा ०.७ प्रतिशतले वृद्धि भएको छ । यो इटालीमा अपरिवर्तनीय कायम भयो भने स्पेनमा भने ०.८ प्रतिशतले ओरालो लागेको छ ।
क्यापिटल इकोनोमिक्सका युरोपेली अर्थशास्त्री स्टेफेन ब्राउनले तथ्यांकले त्रैमासिक जीडीपी वृद्धि ०.८ प्रतिशतको हाराहारीमा भएको देखाएको बताएका छन् । यो लगभग ३.२ प्रतिशतको वार्षिक वृद्धिको हाराहारीमा हो ।
युरोजोनमा मजबुत वृद्धिको संकेतका बाबजुद १२ महिनाको उपभोक्ता मुद्रास्फीति डिसेम्बरमा चार महिनाकै न्यून बिन्दुमा ओर्लिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्