लक्ष्मी लघुवित्तद्वारा रक्तदान, आँखा शिविर र वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड आफ्नो ८ औं वर्ष पूरा गरी ९ औं वर्षमा प्रवेश गरको छ । उक्त अवसरमा संस्थाका अध्यक्ष जीवन प्रकाश लिम्बू र प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्माले संयुक्त रूपमा केक काटी कार्यक्रमको उद्घाटन गरेका थिए । सोही अवसरमा सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत, लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत लगायत संस्थाका कर्मचारीहरूको उपस्थितिमा वित्तीय संस्थाका अध्यक्ष जीवन प्रकाश लिम्बूले हालसम्मको उपलब्धि हासिल गर्न सहयोग गर्नुहुने सम्पूर्ण सेयरधनीहरू, सञ्चालकहरू, नियमनकारी निकाय, कर्मचारीहरू तथा सरोकारवालाहरूलाई धन्यवाद दिए ।
यसै अवसरमा वित्तीय संस्थाले आफ्नो केन्द्रीय कायालयको प्रांगणमा नेपाल रेडक्रस सोसाइटीको सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो जसमा संस्थाका तथा अन्य बैंक तथा वित्तीय संस्थाका गरी ३३ जनाले रक्तदान गरेका थिए । साथै बिभिन्न १४ वाट शाखाहरूमार्फत स्थानीय विद्यालयहरूमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो । संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वलाई ध्यानमा राखी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको प्राविधिक सहयोगबाट सिन्धुपाल्चोक जिल्लामा रहेको बाहुनेपाटी शाखामा एक दिने निःशुल्क आँखा शिविर सञ्चालन गरेको थियो । उक्त शिविरमा १३० जनाले आँखा निःशुल्क परीक्षण गरेका थिए जसमा ३४ जनाको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको र निजहरूलाई बीपी कोइराला आँखा अस्पताल त्रिविमा सहुलियत दरमा शल्य क्रिया गर्ने व्यवस्था मिलाइएको जानकारी दिएको छ । साथै निःशुल्क औषधि वितरण गरेको थियो ।