Logo

राई कि खम्बु?

नेपालका मै हुँ भन्ने बुद्घिजीवी, विश्लेषक, लेखक, प्रा., डा., प्रा.डा., विद्, विज्ञ आदिसमेत राई शब्दले नेपालका जात वा जाति जनाउँथ्यो कि पदवी वा पगरी मात्रै ? भन्नेबारेमा स्पष्ट छैनन् । ‘राई’ शब्दको व्युत्पत्ति ‘राय’ हो । ‘राय’ भन्नाले कर्णालीतिर ‘राजा’ अर्थ लाग्थ्यो । त्यस्तै राई पदवी वा पगरी बढीमा सेनकालदेखि पूर्वका किराँतीहरूलाई, केही मुख्खेली व्यक्तिहरूलाई दिइएको पदवी वा पगरी हो । उदाहरणका लागि ‘प्रधानमन्त्री’ केपी शर्मा ओली भनेजस्तै ।
बढीमा सेन वा शाह–राणाहरूको शासनकालदेखि नेपालमा केही सीमित व्यक्ति (मुख्खेली) हरूले मात्रै आफ्नो नामको अघि नै (हाल प्रधानमन्त्री केपी शर्मा ओली वा भूतपूर्व प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठ भनेजस्तै) ‘राय’ भूपालसिंह ‘ज्यमी’ भनी लेख्थे । साथै यो ‘राय’-‘राई’ शब्द पञ्चायती व्यवस्थामा मात्रै रैती दुनियाँ (सर्वसाधारण जनता) ले आफ्नो नामको पछाडि लेख्न पाएका थिए, त्यो पनि भूमिसुधार ऐन–२०२१ गाउँगाउँ, टोलटोलमा व्यापक रूपमा लागू भएपछि ।
हुन त यो देशमा ‘राई’ मात्रै नभएर उमराव, काजी, मुख्तियार, मीर सुब्बा, सुब्बा, मुखिया, चौधरी, दिवान-देवान, डिठ्ठा, हुक्के, बडागुरुज्यू, पण्डित, बैठके, खजाञ्ची, मुन्सी, कपरदार, थरी, कारबारी, गौरुङ, माथा, करता, बैदार-बहिदार, तोहले आदि पदवी वा पगरी पाएका मान्छेहरू पनि प्रशस्तै थिए ।
तर राई पदवी वा पगरीबाहेक उमराव, काजी, मुख्तियार, मीर सुब्बा, सुब्बा, मुखिया, चौधरी, दिवान-देवान, डिठ्ठा, हुक्के, बडागुरुज्यू, पण्डित, बैठके, खजाञ्जी, मुन्सी, कपरदार, थरी, कारबारी, गौरुङ, माथा, करता, बैदार-बहिदार, तोहले आदि पदवी वा पगरी पाएका ती मानिसका सन्तान दरसन्तानहरूले चाहिँ किन आफ्नो जात वा जाति उमराव, काजी, मुख्तियार, मीर सुब्बा, सुब्बा, मुखिया, चौधरी, दिवान-देवान, डिठ्ठा, हुक्के, बडागुरुज्यू, पण्डित, बैठके, खजाञ्ची, मुन्सी, कपरदार, थरी, कारबारी, गौरुङ, माथा, करता, बैदार-बहिदार, तोहले आदि हो भनी लेखेनन् ?
त्यस्तै ‘सबै जातको पूmलबारी’ नामक किताबमा डोरबहादुर विष्टले लेखेअनुसार ‘…तिरो उठाउँदा जग्गाको नापअनुसर नउठाएर घरधुरीको आधारमा उठाइन्थ्यो ।
जसले गर्दा थोरै जग्गा हुने राईहरूलाई मर्का पथ्र्थो । त्यसैले ‘किपट प्रथा’ र राई पगरी वा पदवी खारेज हुँदा धेरै जसो राईहरू नै खुसी । त्यस्तै चाल्र्स म्याकडग्लसले लेखेको ‘द कुलङे राई’ नामक किताबमा पनि ठाउँठाउँमा ‘… राई … द चिफ एन्ड हेडमेन एप्पोइन्टेड वेर÷वेएर गिभन द टाईटल अफ ‘राई !’ (चिफ), ह्विच इभेन्च्युअल्ली केम टु बी एप्लाइड टु द एथ्निक ग्रुप ऐज अ होल । …’, ‘द राई … किपट ओनर÷ओवनर…’, इन दोज डेज राई मेन्ट÷मिन्ट चिफ एन्ड वाज नट डायग्नाभनी ेस्टिक अफ ग्रुप मेम्बरसिप …, लेखिएको छ । साथै सन् २००७ को ‘विश्व आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रश्नोत्तर सुरु भएपछि यो पंक्तिकारले ‘वास्तवमा राई जात होइन, राईलाई जाति मान्दा २२ भन्दा बढी किरातीहरूको जातीय स्वपहिचान र अस्तित्व मेटिन आँटेको छ ।’ भन्दा भोजपुर जिल्लाको बोया गाउँका डा. शिवकुमार राईले ‘भाइ, तपाईंले साह्रै रामो प्रश्न उठाउनुभयो, किनभने मेरा बाबु पनि ठूला राई थिए । भूमिसुधार ऐन लागू भएपछि जग्गा–जमिन रैती÷ढाक्रेको नाममा गर्नुपर्ने भयो । तर, मेरा असली राई बाबुले म पो राई, यी मेरा रैती÷ढाक्रेहरू कसरी राई ? भनी बबाल गरेका थिए अरे !
कुलुङ जातिका अगुवाहरूले विसं २०५७-५८ देखि नै कुलुङ जाति अलग्गै जाति वा समुदाय हुन्, ‘राई !’ होइनन् भन्दै आएका हुन् । किनभने कुलुङ जातिभित्रै ३ सय ८० भन्दा बढी थर, उपथरहरू छन्, त्यसैले कुलुङ–कुलुङबीचमै एकआपसमा बिहेबारी चल्ने गरेको छ भने वि.सं. २०६८ को ११ औं राष्ट्रिय जनगणनामा कुलुङ जातिको तथ्यांक अलग्गै जातिका रूपमा आइसकेको छ । कुलुङ जातिको जनसंख्या २८ हजार ६ सय १३ र कुलुङ भाषावक्ता संख्या ३३ हजार १ सय ७० जना रहेको छ । सोही आधारमा नै केन्दीय तथ्यांक विभागले १२ औं राष्ट्रिय जनगणनामा कुलुङ जातिलाई अलग्गै जातिगत कोड–६२ र भाषागत कोड–२९ उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्